संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि पहिलो पटका संघिय संरचना अन्र्तगतका स्थानिय ,प्रदेशिक र संंघिय संसद प्रतिनिधि सभाको आम निर्वाचन समेत भर्खरै सम्पन्न भएको छ । अधिल्ला लेखहरुमा अनुमान गरिए जस्तै मत गणनको पछिल्लो परिणमा बाम गठबन्दनको सुबिधाजनक बहुमत तर्फा आघडि बढिरहेको छ । यो निर्वाचनले नेपालको संविधान २०७२ लाई अनुमोदन गरेको छ भने संघिय लोकतन्त्रिक गणतन्त्रलाई संस्थगत समेत गरेको छ ।

निर्वाचनको परिणम नियल्ने हो भने बाम गठबन्दन सोचेको भन्द धेरै तिब्र गतिमा प्रतिनिधि सभा र प्रदेश सभामा स्थान ओगटन सफल भइरहेको छ ।नेकपा ऐमालेको नेतृत्वमा गठित बाम गठबन्दले यति धेरै सफलता हाँसिल गर्नुको पछाडि धेरै कारणहरु रहेका छन् । नेकपा एमालेको नौ महिने शासनकालको सामजिक सुरक्ष र गाँउ बिकासको निति, संविधान जारी पछि केपिओली नेतृत्वको सरकारको छवि ,भरतिय नाक बन्धी बिरुद्धको ऐमालेको अडान ,ऐमालेको आपmनै मजभुत संगठन र माओबधि केन्द्रसंग पार्टि एकताको उद्यघोष सहितको चुनावी तालमेल एवं बाम गठबन्दन निर्माण सफलतको प्रमुख कारणहरु लिन सकिन्छ ।
अब नेकपा ऐमालेका अध्यक्ष के.पि. ओलिको नेतृत्वमा बन्ने सरकारले राष्ट्रियताको संरक्षण , संघिय लोकतन्त्रिक गणतन्त्रको सुदृढिकरण, आर्थिक र सामाजिक रुपन्तरणका लोक कल्यणकारी कार्यक्रमहरु लिएर अघडि बढनेनै छ । बहुमतको उन्मादमा होईन सफल जनमतको आधरमा भु राजनितिका संबेदनशिलता लाई दृष्टीगत गदै छिमेकी मित्र राष्ट्रहरुसंग समान्त र सहअस्तित्वको आधरमा नेपालको परारष्ट्र निति अघाडि बढाउन जरुरी देखिन्छ ।

यस गठबन्दनलाई जनातले स्थिर सरकार ,आर्थिक समृद्धि र बिकासको लागि सर्मथन गरेको पाइयो । बहुमतको सरकार नहुँदा ६ ÷६ महिनामा सरकार परिवार्तनको फोहोरी संसधिय खेलबाट जनता वाक्का भईसकेका थिए । स्थिर सरकारको कल्पना नेपाली सामजले त्यतिबेलानै गरिसकेको थियो । अहिले आएर जनमतद्धरा त्यो भावन र चाहनालाई स्थिापित गरेका मात्र हुन ।

यस बिचमा मुलुकको राष्ट्रिय राजनिति परिवर्तनको लागि नेतृत्वादायि भुमिका खेलेको नेपाली कंग्रेसलाई र उसको नेतृत्वामा निर्माण भएको लोकतन्त्रिक गठबन्दन प्रति जनताको खासै आर्कषण देखिएन । नेपाली कंग्रसले नेपालमा बहुदलिय ब्यवस्था पुर्णस्थापन देखि राजतन्त्रको अन्तय गर्दै गणतन्त्रको स्थापन गर्न बाम पन्थिहरुको सहकार्यमा महत्वपुर्ण भुमिका खेलेकै हो । नेपाल संघिय लोकतन्त्रिक गणतन्त्रमा आई पुग्न सात दल र माओबदि बिचको १२ बुंदे समजधारी , प्रतिनिधि सभा पुनंस्थापना , दोस्रो जनआन्दोलन , अन्तरिम संबिधान र संबिधान सभाको दुई दुई पटकको निर्वाचनको महत्वपुर्ण र द्रुगामी योगदान रहेको छ । यो सबै काम नेपाली कंग्रेस, नेकपा ऐमाले र माओबादीको सहमति र सहकार्यबाट मात्र सम्भव भएको हो । दलहरुको सहमति र सहकार्यले मात्र भारतले नचाँहद नचाँहदै पनि संबिधान सभाले २०७२ असोज तिन गते संघिय लोकतन्त्रिक गणतन्त्र नेपालको संबिधान जारी गर्न सmल भयो यो अभुतपुर्वा र एैतिहसिक सफलताको लागि नेपाली जनताले दलहरुलाई सम्मान र सर्मथन गरेका नै छन् । तर्सथ एक हदमा भन्न सकिन्छ नेपाली कंग्रेसको नेतृत्वमा राजनितिक निकास नेकपा ऐमालको नेतृत्वमा आर्थिक समृद्धि र बिकास ।

 

आम निर्वाचन सम्मपन पछि मुलुक आर्थिक समृद्धि र बिकासको तर्फ अघडि बढनु आवश्यक देखिन्छ । नेकपा ऐमालेको नेतृत्वमा अब बन्ने सरकारले सबै भन्द पहिला आम निर्वाचनको परिणमा बाट र्ममाहात भएको नेपाली कंग्रेसलाई प्रमुख प्रतिपक्ष दलको रुपमा सम्मानजनक अस्तित्वा र भुमिकामा भावनत्मा रुपमा राख्नु जरुरी छ । संघियताको ब्यवस्थापन अब बन्ने सरकारको प्रमुख चुनैति हो । संविधानको सफल कार्यनवयनको लागि स्थानिय तह, प्रदेस र संघ लाई आर्थिक प्रसासनिक संगठनिक रुपमा चुस्त र दुरुस्ता बनाउन धेरै ठुलो मिहेनत र प्रयस गर्नु पर्दछ । सरकारले सबैलाई समेटेर मुलुकमा राजनितिक स्थिरता ,दिगो शान्ती र अर्थिक समृद्धिको प्रत्यभुति दिने नै छ ।

यस निर्वाचनले नेकपा ऐमाले ,माओबदि केन्द्र र नेपाली कांग्रेसलाई नै प्रमुख राजनिति शक्तिको रुपमा स्थपित गरिदिएकोे छ । अहिले सम्माको निर्बाचन परिणामलाई नियल्द प्रदेश नबर २ बाट राजपाको बाहेक अन्य ६ वटै प्रदेशबाट प्रतिनि सभमा यि तिनवटै राजनितिक दलहरुको उपस्थिती रहने देखिन्छ । यसले अबको संसदमा राष्ट्रिय मन्यता प्राप्त दलको संख्या आध दर्जन पनि पुग्ने देखिदैन् ।
लोकतन्त्रको सुन्दर पक्ष भनेको आवधिक निर्वाचन हो । जनमत र पानी कहिलै एकै ठँउमा बसिरहँदैन । जनमतको सम्मान गदै राजनितिक दलहरुले जनआदेस अनुसार सरकार सञ्चालन र प्रतिपक्षको भुमिकामा मुलुक र जनता प्रति इमान्दर भएर अघि बढन सके गणतन्त्र नेपालको संविधान सफल कार्यनवयन एवं आधुनिक र समुन्नत नेपालमा हामी सफल रहने छौँ

पत्रकार एवं स. प्रवक्ता, राप्रपा प्रजातान्त्रिक

freelancerkiran@gmail.com