काठमाण्डौ मंशिर 19।
गीतकार इन्द्रनारायण चोङबाङले सृजर्ना गर्नु भएको मेरो देशको धर्ती बोलको मिउजिक भिडीयो सार्बजनिक भएको छ। राजेश पायल राईको स्वर रहेको यो गीत राष्ट्रीयताले ओत प्रोत तथा देशको माया र देशकै भावनालाई समेटीएको छ।गीतमा समेटिएका हाम्रो देश प्योरो नेपाल जस्ता भावनात्मक शब्दहरुले नेपाली मनलाई छोएको छ।

नेपालका बिभिन्न सुन्दर ठाँउहरुलाई प्रश्तुत गरिएको यस मिउजिक भिडियोमा डि।आर अतुले संगित भरेका छन् भने राजु कार्कीले एरेन्ज गरेका छन्। मोहन निरौला उत्तम केशी सुसान्त कार्की, जिवन साहीँ, प्रथम शेर्पा नायक कर्मा शेर्पा, लक्ष्मी बस्नेत, अनु पराजुली, सोभा भण्डारी, कृष्ण भुषाल, लेखक इन्द्रनारायण चोङबाङ, कविता मादेन, प्रविना घिमिरे, गनेश बानिया लगायतको अभिनय रहेको यस राष्ट्रिय भावनाले ओतप्रोत यस गितको भिडियो लाई, जिवन साहीले निर्देशन गरेका हुन भने गितको भिडियोलाई शोभा भण्डारीले कोरियो ग्राफी गरेकी छन्। त्यसै गरि अर्जुन पोख्रेललो सम्पादन गरेका हुन् ।