१५ मंसिर २०७४ काठमाडौ । शेर्पा समुदायमा विभिन्न संस्था स्थापना र संगठन निर्माण अभियानले तिब्रता पाएको छ । यसवीच शेर्पा कलाकारहरुको छुट्टै संगठन ‘शेर्पा कलाकार संघ’ स्थापना हुने भएको हो । राजधानीको शेर्पा सेवा केन्द्रमा संघ गठनार्थ भेला आयोजना नै गरिएको अभियानका संयोजक दावा के शेर्पाले जानकारी दिए । शेर्पा समुदायमा रहेका कलाकारहरुको प्रतिभालाई सम्मान गर्दै राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरसम्म विशिष्ट मञ्च निर्माण गर्ने हेतुले संघ स्थापना गर्न लागिएको संयोजक शेर्पाले जानकारी दिए ।
शेर्पा समुदायमा कलाकारिता र संस्कृतीका विषयमा संगठीत गर्ने हेतुले हिमालयन शेर्पा सांस्कृतिक केन्द्र, शेर्पा कलाकार समाज, नेपाल शेर्पा सांगीतिक संघ लगायतका संस्थाहरु स्थापना भएका छन् । जसमध्ये शेर्पा कलाकार समाज अहिले निष्कृय जस्तै देखिन्छ भने अन्यले आफ्नो गतिविधि देखाईरहेका छन् । शेर्पा कलाकार संघको दायरा फराकिलो हुने र समुदायका सबै कलाकारलाई न्याय हुने गरी संगठीत गर्ने अभियान्तहरुले जनाएमा छन् । समुदायमा भने नयाँ छुट्टछुट्टै संस्था स्थापना गर्नु भन्दा उद्देश्य र कार्य क्षेत्र एउटै भएकाले स्थापित संस्थामै सबै गोलबद्ध भएर अघि बढे राम्रो सन्देश जाने भनाइहरु यत्रतत्र सुनिन्छन् ।
संघ गठनका लागि प्रारम्भिक छलफल शेर्पा सेवा केन्द्रको क्यान्टिनमा मंसिर २३ गते भेला आश्वान गरिएको छ ।

हालसम्मका प्रस्तवित नामहरु

डिजे ङवाङ शेर्पा अध्यक्ष
ए पि शेर्पा बरिष्ठ उपअध्यक्ष
नविन शेर्पा उपअध्यक्ष
लमु मिट्ठि शेर्पा कोषअध्यक्ष
दोर्जी लामा शेर्पा माह–सचिव
दाव के शेर्पा सचिव
कर्मा शेर्पा (सल्हकार )
सदस्यहरु
छिरीङ शेर्पा(अविरल)
लक्पा शेर्पा (आमोद)
सोनम शेर्पा
जाङमु शेपाृ
छिरीङ डोमा शेर्पा
फुर्वा शेर्पा
गोन्पा शेर्पा
छोटीन शेर्पा
लाक्पा शेर्पा
मिङमा शेर्पा
पेम्बा छोटी शेर्पा
गोम्बु शेर्पा
तेन्जीङ शेर्पा (डिजे)