आसन्न तहको निर्वाचन अन्तर्गत प्रदेश सभा र प्रतिनिधि सभाको लागि मंसिर १० गते सप्पन्न निर्वाचनमा खिजिदेम्बा गाउँपालिकामा १०५५१ मतदाता रहेकोमा ६७३१ मतदाताले आफ्नो मत शान्तिपूर्ण वातावरणमा मतदान गरेका छन। ९ वडा रहेकोे खिजिदेम्बामा सबै भन्दा बढी वडा नं-६ बाट ९४१ मत र सबैभन्दा कम वडा नं-९ बाट ५६५ मत प्रदेश सभा र प्रतिनिधि सभाका लागि मतदान भएको खिजिदेम्बा गाउँपालिका वडा नं-४ का वडा अध्यक्ष कमल प्रसाद न्यौपानेले बताउनुभयो। उहाँका अनुसार वडा नं-१, देखि ९ सम्म क्रमशः ९२९, ७१८, ६०२, ८१८, ७८७, ९४१, ६९६, ६६५, ५६५ मतदाताले मतदान गरेको जनाइएको छ।
गत आसन्न स्थानीय तहको निर्वाचन असार १४ गतेको दिन सप्पन्न भएता पनि बर्खामसमा समेत ९५८१ मतदाता रहेको खिजिदेम्बामा ६६८७ मतदाताले मतदान गरेको खिजिदेम्बा गाउँपालिकाका प्रमुख वेद बहादुर रोकाले बताइएको छ।उहाँका अनुसार स्थानीय तहको निर्वाचनमा भन्दा कम मत खसेको जनाइएको छ। स्थानीय तहको निर्वाचनमा आफ्नै गाउँको जनप्रतिनिधि छनोट गर्ने भएको मतदाताहरुले असारे जारीमा समेत हर्ष उल्लासका साथ मतदान गरेको तुलनामा यसपटक धेरै कम मतदाताले आफ्नो मताधिकारलाई प्रयोग गरेको समेत रोकाको दावी छ।

बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म सुचारु भएको निर्वाचनमा सुरक्षाकर्मीहरुको सक्रियता र स्थानीय वासिन्दाहरुको विशेष सहयोगमा मतदान शान्तिपूर्ण वातावरणमा मर्यादित ढंगले भएको इलाका प्रहरी कार्यालय खिजिदेम्बाका प्रमुख पशुपति झा ले बताइएको छ। निर्वाचन शान्तिपूर्ण र मर्यादिद तवरले भएकोले मतदाताहरु अझ खुसी भएको पाइन्छ ।