शेर्पा संचार खिजिदेम्बा चार खिजिकाती चर्नालुकी दाटी शेर्पा एक व्यावसायिक कृर्षक हुन् । आजभोली उनलाई कृषि काम गर्न भ्याइनभ्याई छ । सधैं जसो खेतीपातीमा व्यस्त हुने शेर्पा सबल कार्यक्रमबाट कुखुरा पालनका लागि कुखुराको चल्लो पाएको दिन देखि अझ थप जिम्मेवारी आफ्नो काधमा सुम्पिएकोले काम गर्न भ्याइनभ्याई हुने गरेको उनी बताउछिन् । बिगत नौ महिना अघि देखि सबल कार्यक्रमले दिएको कुखुराको चल्लो अहिले बढेर अण्डा पारेको हुँदा आर्थिक स्रोतमा केहिमात्र भएपनि मजबुत भएको उनले कुखुराको खोर र कुखुरा देखाउँदै भनिन् ।

मृगौलाको समस्याबाट श्रीमान गुमाएकी शेर्पा अहिले कुखुरा पालन र खेतीपातीमा व्यस्त हुन्छिन ।
एकल महिला भएकै कारणले सबै काम गर्न सम्भावना नभएता पनि कुखुरा पालन गर्न सहजै भएको उनले बताए । हिम्मत र संघर्ष गर्न सके महिलाले पनि केहि गर्न सक्नेमा उनी विश्वस्त भएको हुनाले एकल महिला भएपनि काम गर्न भ्याइनभ्याई भएको र भावी दिनहरूमा कुखुरा पालनबाटै जीविकोपार्जन गर्ने योजना रहेको उनी बताउछिन् । बिगतको वर्षहरुमा आर्थिक स्थिति कमजोर भएता पनि सबलले दिएको कुखुरा पालनबाट नै आर्थिक अवस्थामा केही सुधार भएको उनी दावी गर्छिन । अझैसम्म कुनैपनि संघसंस्थाले साथ र सहयोग नपाएकी शेर्पा ग्रामीण बिकास बोर्ड नेपालबाट संचालित सबल कार्यक्रमले कुखुरा पालनको लागि खोर निर्माणको पैसा र कुखुराको चल्लो पाएपछि उनी निकै खुसी देखिने गरेको पाइन्छ । भविष्यमा पनि यस्तै महत्वपूर्ण साथ र सहयोग सबल कार्यक्रमले गरेको खण्डमा एक नमुना कृषक बन्ने उनी बताउने गर्छिन । आर्थिक अवस्थामा सुधारका लागि सबल कार्यक्रमले कुखुरा पालनका लागि कुखुराको चल्लो र खोर बनाउने सबल कार्यक्रमलाई धन्यवादको साथै सदैव गरीब, निमुखा र आर्थिक अवस्था कम्जोर भएको जनताको सेवा गर्नका लागि हार्दिक शुभकामना दिने मन भएको उनले बताइन् ।