१६ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शनिबार राति १२ बजेपछि भारतबाट थप ४० मेगावाट विजुली आयात गर्दैछ । सुख्खायामका कारण नदीहरुमा पानीको बहाब घट्दै गएपछि लोडसेडिङ हटाउने अभियानलाई निरन्तरता दिन प्राधिकरणले भारतबाट थप बिजुली भित्र्याउन लागेको हो । भारतको मुज्जफपुरदेखि ढल्केबरसम्म्को अन्तरदेशीय प्रसारणलाइनबाट थप विजुली आयात हुने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए…