नेपाल शेर्पा विद्यार्थी संघको ११ औं राष्ट्रिय महाधिबेशनबाट साङ्गे मिङमा शेर्पा अध्यक्ष पदमा निर्विरोध चयन भएको छ । शिक्षा क्षेत्रमा ब्यापकता,बैज्ञानिक,ब्यवहारिक र संघिय शिक्षा प्रणाली आजको आवश्यकता भन्ने मुल नाराका साथ  कार्तिक २५ गते शनिबार ज्योति पार्टी प्यालेसमा ११ औं महाधिवेशन सम्पन्न भएको छ । बरिष्ठ उपाध्यक्षमा आङ्कामी शेर्पा (ओखल्डुङगा), उपाध्यक्षमा दालकु शेर्पा (रामेछाप), आङ्निमा शेर्पा (दोलखा), पासाङ शेर्पा (सोलखुम्बुु) महासचिबमा डेमा छिरिङ शेर्पा (ताप्लेजुङ), सचिबमा पेम्बा शेर्पा (सोलखम्बुु) सागर शेर्पा (सोलखुम्बुु) सन्तोष गर्जा शेर्पा (तेह्रथुम) कोषध्यक्षमा पासाङ शेर्पा (काठमाडौं) र सदस्यहरु क्रमश आङ टाशि शेर्पा (दोलखा), देण्डी शेर्पा (रामेछाप), सोनाम शेर्पा (काठमाडौं), टाशी शेर्पा (सिन्धुपाल्चोक),  कल्पना शेर्पा (भोजपुर), कान्छीमा शेर्पा (दोलखा), आङ दावा शेर्पा (भोजपुर), याङजी शेर्पा (सोलखुम्बु) पुनम शेर्पा (सोलुखुम्बु), टाशील्हमु शेर्पा (सोलखुम्बु) र युसीङ शेर्पा (सोलखुम्बुु) गरी २६ जनाको नयाँ कार्य समिति गठन भएको छ । कार्यक्रममा विभिन्न जिल्लाहरुबाट शेर्पा बिधार्थीहरु ब्यापक सहभागीता रहेको थियो ।
२०५० सालमा स्थापना भएको नेपाल शेर्पा विद्यार्थी मञ्चलाई २०७३ सालमा मञ्चबाट संघमा परिवर्तन गएिको नव निर्वाचित अध्यक्षले बताएको छ । यस सस्थाले स्थापना कालदेखि नै शेर्पा समुदायको बिधार्थीहरुको हक, हित अनि अधिकारको लागि सदैव अग्रसर रही काम गर्दै आएको पूर्व अध्यक्ष दुजाङ शेर्पाले बाताएको थियो । शेर्पा समुदायमा लोप हुदै गईरहेको शेर्पा भाषा, धर्म, संस्कृति, परम्परा आदिको जगेर्णा गर्दै शैक्षिक क्षेत्रमा शेर्पा विद्यार्थीहरुलाई अग्रसर गराउने उद्देश्यका साथ नेपाल शेर्पा विद्यार्थी संघद्वारा प्रत्येक वर्ष विभिन्न रचनात्मक तथा सांस्कृतिक कार्यक्रम, खेलकुद, छात्रावृत्ति र अन्तरकृया कार्यक्रमको आयोजना गर्दै आएको छ । संस्थाले वार्षिक रुपमा पुस्तकहरुको प्रकाशन गर्दै आइरहेको छ ।