ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिका वडा नं ३ खिजी चण्डेश्वरी पुठामा अवस्थित बुद्ध छोलिङ गोन्पामा प्राचीन धार्मिक सामुहिक नृत्य मणि छोकुर सप्पन्न भएको छ । बौद्ध परम्परा अन्तर्गत रही सो गोन्पामा बिगतको वर्ष झैं यो बर्ष पनि मणि छोकुर नाच अझ व्यापकता रूपमा सप्पन्न गराइएको आयोजकले जनाइएको छ।
कार्यक्रमको अवसरमा शेर्पा समाजबाट श्याब्रु नृत्य समेत देखाइएको थियो । कार्यक्रमको पुनित अवसरमा खिजिदेम्बा ५ जिरिखार्क निवासी आङ कामी शेर्पा लामाले गुरु पत्मसंम्भको मुर्ति र खिजिदेम्बा ३ पुठा निवासी ङावा शेर्पाले बौद्ध परम्परामा अति आवश्यक पर्ने साङलिङ गोन्पालाई हस्तान्तरण गर्नुभएको गोन्पाका प्रमुख लामा ङवाङ टाक्पाले बताउनु भयो । गोन्पाको लागि महत्वपूर्ण भौतिक साथ र सहयोग दिनु हुने आङ कामी शेर्पा र ङावा शेर्पालाई कार्यक्रमको अवसरमा सम्मान समेत गरिएको गोन्पा व्यवस्थापन समितिका अध्यक्ष रिन्जी शेर्पाले जनाइएको छ । प्राचीन धार्मिक सामुहिक नृत्य मणि छोकुर कार्यक्रम खिजिदेम्बा ३,४ र ५ वडाका स्थानीय बसिन्दा ,राजनीतिक दलका प्रतिनिधि लगायत करिब २५० जना भन्दा बढीको सो कार्यक्रममा बाक्लो उपस्थिति रहेको थियो ।.