मोरङ क्षेत्र नम्बर ३ को चुनावी माहोल तातिरहे सगैं बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन बिचको कडा प्रतिस्पर्धिको विचमा जनसमाजवादी पार्टीको युवा नेता तथा समाजसेवी मिशन शेर्पाको कडा चूनौतीको विचमा चुनावी रौनक चलिरहेको छ ।

देशमा वैकल्पिक शक्तिको खोजि भईरहेको बेला समाज सेवामा युवा नेतृत्व मिशन शेर्पाको आवश्यकतालाई क्षेत्र भरको युवाले साथ दिईरहेको देखिन्छ । विशेष गरेर बेरोजगार युवा विदेश पलायन, गरिबीको अन्त्य, शुशासन, समतामूलक समाज निर्माण भन्ने मूल उद्देश्यका कारण युवा जमातको आकर्षणको केन्द्रविन्दु मिशन शेर्पा रहेको वुद्घिजीवी, राजनितिज्ञ, तथा विश्लेषज्ञहरुको भनाई रहेको छ । मिशन शेर्पा राजनितिलाई पेशा भन्दा पनि मूलत समाजसेवा नै हो भन्ने भनाईको प्रतिक मान्न सकिन्छ । व्यवसायको हिसावले उहा स्वास्थ्य रेडियोग्राफी हुन् । उहाले व्यवसायको रुपमा यहाँको क्षेत्रलाई सेवा पुगोस् भनि काबेली हस्पिटल समेत संचालनमा ल्याउनु भएको छ ।
अहिले मध्येको सबैभन्दा कान्छो उमेद्घार(२८ वर्ष) रहेको बुझिएको छ । उहाको उमेद्धारीले पुरानो पार्टीहरुलाई ठुलो चुनौतिको विषय वनेको छ भन्ने यहाँका स्थानिय तथा बाह्य राजनितिक विश्लेषकहरुको ठम्याई रहेको छ । उहाँको भनाई र बुझाई नेपालमा जब सम्म राज्यसत्ता युवाको नेतृत्वको हातमा पर्दैन तब सम्म नेपाली जनता, नेपाली युवा र नेपाल राष्ट्रको हित हँदैन भन्ने भनाई छ । हेर्दै जाने हो भने यो देश भन्दा केहि वर्ष अगाडि सम्म धेरै राष्ट्रहरु गरीब र सामान्य देश भएको पुष्टि प्रमाण जिवित नै छ । जुन देशहरुमा जसरी युवा नेतृत्वले राज्य सत्ताको बागडोर सम्हालेको छ । त्यहा उन्नति प्रगति, शिक्षा रोजगार,उद्योग कलकारखाना, आर्थिक वृद्धि जस्ता हरेक कुरामा सफल भएको देखिएको छ भन्ने मिशन शेर्पाको बुझाई रहेको छ ।
विषेश गरेर मोरङ ३ को (क) मा चुनावी प्रतिस्पर्धामा उनको साथमा युवाहरुको हौसलाले उहाको जित निश्चित भएको देखिन्छ, साथै युवा नेतृत्व मिशन शेर्पा राजनितिक तथा व्यवहारिक रुपले सबै संग मिल्न र भिज्न खपिस देखिन्छन् । उनको यो सिप भूतपूर्व माओवादी जनमूक्ति सेना कमाण्डर भएको नाताले पनि उनलाई यो चुनावले जित्नका लागि सफलता मिल्छ कि भन्ने आम जनसमुदाय, सरोकारवाला राजनितिक विश्लेषकहरुको अनुमान छ ।