नेपाल आदीवासी जनजाती महासंघ बहराइनले इटहरीका ३७३ घरपरिवारलाई खाद्यन्न सामाग्री वितरण गरेको छ ।

कार्तिक २४ गते शुक्रबारका दिन नेपाल आदिवासी जनजाती महासंघ इटहरीसंगको समन्वयमा ईटहरी उपमहानगर पालिका वार्ड नं.९ र १० शिवनारायण टोलका पीडित परिवार लाई राहत बितरण गरिएको नेफिन बहराइनका प्रतिनिधि उपाध्यक्ष श्री तेम्बा शेर्पा ज्यु र नेफिन इटहरीका प्रतिनिधि अध्यक्ष श्री बिक्रम तुम्बाहाम्फे ज्युको उपस्थितमा राहत बितरण कार्य सम्पन्न गरेको बहराइनका प्रतिनिधि उपाध्यक्ष श्री तेम्बा शेर्पाले जानकारी दिनुभयो । सहयोग वितरणमा स्वयंसेवकको नेफिन इटहरी युवा संघका अध्यक्ष श्री छिरिङ शेर्पा लगायतका टिमको विशेष सक्रियतामा राहत बितरण गरिएको थियो । जलप्रकोपबाट प्रभावित क्षेत्रको अनुगमा टोलिलाई साथ दिनको लागि नेफिन इटहरीका प्रतिनिधिहरु तथा समाजसेवि प्राध्यापक श्री धुर्व मेन्याङ्बोले सहयोग गर्नु भएको आयोजकले जनाएको छ ।