सिन्धुलीगढीमा अंग्रेजलाई हराएको २ सय ५० पुगेको अवसरमा आयोजना गर्न लागिएको सिन्धुली विजयोत्सव, साइकल यात्रा र सा“गीतिक सा“झको तयारी पुरा भएको छ । तत्कालिन ब्रिटिस कम्पनीको सेनाल“ई पराजित गरेको दिनको सम्झनामा कार्तिक २४ गते सिन्धुलीमा विजयोत्सवका साथमा साइकल यात्रा र सा“गीतिक सा“झ गर्न लागिएको हो ।

 

यस्तै विजयोत्सको पुर्वसन्ध्यामा आयोजकले २३ गते काठमाडौको तीनकुनेबाट राइड टु सिन्धुलीगढी साइकलयात्राको तयारीसमेत पुरा भएको छ । साइकलायात्रामा १ सय १० जना साइकल यात्री सहभागी रहने यात्राका संयोजक सौरभ ढकालले जानकारी दिनुभयो । १ सय ५३ किलोमिटरको यात्रा काठमाडौबाट सुरु भएर बनेपा–सिन्धुली बर्दिबास सडक खण्डको रुटबाट सिन्धुलीगढी पुग्ने बताइएको छ । साइकल यात्राको नेतृत्व विश्व साइकल यात्री पुष्कर शाहले गर्ने आयोजकले जनाएको छ । यस्तै विजयोत्सवको अवसरमा सिन्धुलीगढीमा आयोजना गर्न लागिएको सांगीतिक समारोहमा स्थानिय कलाकारको साथमा बिभिन्न जनजातिका भेषभुषा, नृत्य, संस्कृति प्रदर्शन गरिने आयोजकले जनाएको छ