दुवै मृगौलाले काम नगर्ने भएपछि नुवाकोटका एकजना मृगौला रोगीले सहयोगको याचना गरेका छन् । बिदुर नगरपालिका २ तोपखाना निवासी २४ वर्षिय कमल विकको विगत १ वर्षदेखि दुवै मृगौलाले काम नगर्ने भएको हो । आर्थिक अवस्था कमजोर भएका कारण उनी उपचार अभावमा छटपटाइरहेका छ । घरको आर्थिक अवस्था कमजोर भएपछि धन कमाउन भनेर २०७२ सालमा वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका बिदुर नगरपालिका–२ तोपखाना निवासी २४ वर्षिय कमल विकले लामो समय मलेसियमा काम गर्न सकेनन् । उनका बुबाको हृदयघातबाट निधन भएलगत्तै नेपाल फर्किए । नेपाल आएको केहि महिनामै उनमा एक्कासी उच्च रक्तचाप देखियो । अस्पतालमा जा“च गराउन जा“दा चिकित्सले दुवै मृगौला फेल भएको जानकारी दिदा उनी छांगाबाट खसेझै भए । बुवाको निधन भएपछि घरपरिवारको जिम्मेवारी लिनुपर्नेमा उनी मृगौलाले काम नगर्ने भएपछि आफै अशक्त बनेका छन् । उनले विगत १० महिनादेखि राष्ट्रिय मृगौला उपचार केन्द्रमा नियमित डाईलासिस गराइरहेका छन् । दुवै मृगौला खराब भएका विकको उपचारमा आर्थिक समस्या उत्पन्न भएपछि उनले सहयोगको याचना गरिरहेका छन् । त्यति मात्र नभई उनको मृगौला फेल भइसकेपछि पेटमा पानी जमेको छ । पेटमा १० लिटरभन्दा बढी पानी रहेकाले उनलाई हिड्न बस्न र उठ्न निकै कष्ठ भईरहेको उनले बताए । चिकित्सकले उनलाई पेटमा जमेको पानी तत्काल निकाल्नुपर्ने बताएका छन् त्यसका लागि अप्रेशन गर्नुपर्ने हुन्छ तर अप्रेशन गर्नका लागि खर्च अभाव हु“दा उनी गम्भीर अवस्थामा पेटमा जमेको पानी लिएर सहयोगका लागि धाइरहेका छन् ।

तर अहिलेसम्म कहि“बाट सहयोग नपाएको उनको गुनासो छ् । सरकारले मृगौलाको डाइलोसिस निशुल्क गर्ने व्यवस्था मिलाए पनि एक पटक डाइलोसिस गर्दा र बेला बेलामा पेटमा जमेको पानी निकाल्न र औषधीका लागि मासिक १५ देखि २० हजार खर्च हुने गरेको उनले बताए । घरमा आमा, दाजु, भाउजु ४ जनको परिवारमा आम्दानीको स्रोत केहि नभएको उनले बताए । जसका कारण उपचार गर्नबाट बञ्चित हुनुपरेको उनको गुनासो छ ।

कसैले सहयोग गरिदिए बा“च्ने आशा रहेको उनले बताए । मृगौला पीडित कमल विकले एबीसी टेलिभिजनमार्फत देश विदेशमा रहनु भएका आम दाजुभाई दिदीबहिनीलाई उपचारका लागि आर्थिक सहयोग गरिदिन अपिल गरेका छन् । सहयोग गर्न चाहनुहुनेले मोबाइल नम्बर ९८१००७४०२६ मा सम्पर्क गर्न सकिने उनले बताए।