प्रतिनिधि सभाका लागि शेर्पा समुदाबाट लाक्पा शेर्पाले प्रत्यक्ष तर्फ मनोनयन दर्ता गरेका छ । संघिया समाजवादी फोरम नेपालका बैकल्पिक सदस्यको रुपमा रहेको शेर्पालाई पार्टीले सोलुखुम्बु जिल्लाबाट प्रतिनिधि सभाका उमेद्धारीका लागि सिफारिस गरेको हो । संघिया समाजवादी फोरमको तर्फबाट प्रतिनिधि सभाको टिकट हात पार्न सफल शेर्पा २१ औँ शताब्दीको समाजवादलाई अंगिकार गर्दै विचार र सिद्धान्तका आधारमा राजनीतिक बहस गर्ने र यूवा पुस्ताको माग अनुसारको राजनैतिक बाटोमा विचार र पद्धतिलाई डो¥याउने तर्फ जोड दिने बताउनु भएको छ ।
लाक्पा शेर्पा हिमालयन शेर्पा सांस्कृतिक केन्द्रमा सदस्यता हुँदै अध्यक्ष पद सम्म पुगि शेर्पा समुदायको भाषा, कला, संस्कृति संरक्षण र प्रबर्धनका निम्ति अभियान सञ्चालन गरि समुदायमा महत्वपूर्ण योगदान पु¥याएका छन् । जुनसुकै बिषयमा रहेर बहस गर्ने क्षमता राख्ने शेर्पाले समुदायमा राजनितिक अधिकार प्राप्तिका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको शेर्पाको चर्चा समुदायमा समेत सकरात्मक रहेको छ ।
सोलुखुम्बुबाट प्रतिनिधि सभाको लागि उमेद्धारमा सिफारिस भएको लाक्पा शेपाले जहाँ शेर्पा समुदायको उम्मेद्धारीको संख्या शुन्य छ त्यहाँ हिम्मतका साथ सभामा मनोनयन दर्ता गरेको बाताउनु भयो । शेर्पा प्रदेश समितिका संयोजक समेत रहेका लाक्पा शेर्पा आदिवासी जनजातिका हक, हितका निम्ति गरेका आन्दोलनहरुमा अग्रणी भूमिका निर्वाह गर्दै आएको यूवा नेताको रुपमा चिनिन्छ ।