हिमाल आरोहण पेशामा लागेका आरोहिहरुले पेशागत सुरक्षा र आफनो हक अधिकारको सम्बोधन गर्न माग गर्दै विभिन्न नौ बु“दे मागहरु अघि सारेका छन । आरोहण पेशालाई आफनो महत्वपुर्ण बनाएको शेर्पा पर्यटन ब्यवसायहरुले साहासिक शेर्पाहरुको संघर्षको मुल्याङकन राज्यले नगरेको उनीहरुको गुनासो छ । उनीहरुले आरोहणका क्रममा दुर्घटनामा परि मृत्यु भएमा २० लाख सम्म क्षतीपुर्ती,अपाङ वा अंगभंग भएमा उनीहरुको भरणपोषण राज्यले गर्नुपर्ने लगायत विभिन्न ९ बु“दे माग अघि सारेका छन । आरोहि कामा छिरिङ शेर्पाका अनुसार साहासिक शेर्पाहरुको संघर्षबारे चा“डै वृत्तचित्र मार्फत सचेत गराउने जनाएको छ । आफुहरुको दु.ख र संघर्षप्रति राज्य अनविज्ञ भएको जस्तो लागेर वृतचित्र मार्फत आफनो कुराहरु राख्ने बताएका छन । नेपालको पर्यटन क्षेत्रको हिमाल आरोहणमा सवै दु.ख शेर्पाले गर्नुपने तर राज्यले रोयल्टी मात्र लिने काम गरेका उनीहरुको आरोप छ ।