सोलुखुम्बु जिल्लाको केरुङ्गमा पिता दावा शेर्पा र माता जाङमु शेर्पाको कोखमा जेठा छोराको रुपमा जन्मेको कुङगा शेर्पा शेर्पा समुदाय एक उदाहरणका पात्रा हुन । गाउँकै विद्यालयमा अध्ययन गर्दै लामा अर्थत शेर्पा सम्भोटा लिपी अध्यन सुरु गरेका उनले आफ्ना परिवारमा भूमिका निवाउन कै लागि पढाईलाई थाति रखेर टे«किन पेशामा सम्लग भने । शेर्पाले आफ्नो जीवनलाई सरल भनाउने सोचले कोरियामा संघर्ष गर्न वाध्य बनायो । हुन त शेर्पा समुदायमा बिदेश जानु आउनु कुनै नौलो कुरा नभएता पनि समयमै नेपाल फर्किर आउने भनेको कमै मात्रामा हुन्छ । नेपाल फर्किने र समाजमा केही गर्ने एउटा उदाहरणका रुपमा कुङ्गा शेर्पा हेर्न सकिन्छ । शेर्पाले कोरियाको ३ बर्षको संघर्ष पश्चात नेपाल फर्केर आफ्नै व्यावसाय सुरु गरेर बसेका छन् ।
उनले आफ्नै व्यावसाय खोलेर शेर्पा युवाहरुमा उदाहरणको पात्रा त भनेकै छ यति मात्रा हैन शेर्पा भाषामा निर्माण भएको चलचित्र टिन्छेन फमामा मुख्या भूमिकामा अभिनय र निर्माता भनेर अर्को महान उदाहरणका दिएका छन् । शेर्पा भाषा, कला, संस्कृतिको संरक्षणका लागि शेर्पा भाषामा निर्माण भएको चलचित्रमा लगनि गर्न पाएकोमा खुःशी व्याक्त गरेका छन् । शेर्पाले विदेशी भूमिमा वगाएको पसिनाले शेर्पा भाषा संस्कृतिको संरक्षणको लागि लगानी गर्नु पाउदा ति दुःख लाई सजिलै भुल्न सकेको शेर्पा सञ्चारका संवादातालाई कुराकानीको क्रममा वताएका छन् । काम गरेको अनुसार जस पाउन नसक्नु नै हाम्रो समुदायमा कलाकारिता टिक्न नसक्ने महत्वपूर्ण विषयको रुपामा रहेको उनले अनुभव गरेको बताउँछ ।
समाज परिवर्तनका लागि समुदाय एउटा महत्वपूर्ण पाटो हो यसलाई समुदायले भुज्नु जरुरी छ भन्ने विचार राखेका छन् । शेर्पाले आफ्नो अभिनय रहेको चलचित्र टिन्छेन फमालाई हेरेर सहयोग र सल्ला सुझाव दिन सम्पूर्ण शेर्पा समुदाय लगयतलाई अनुरोध गरेको छ । आफु सिक्ने समयामै रहेको हुनाले आझ धेरै कुरा सिसक्न बाँकी रहेको बताएका छन् । शेर्पा समुदायमा नायकको रुपमा परिचित शेर्पा सामाजिक सेवामा पनि रुचि रहेको र आगामी दिनमा समजसेवा गर्ने पनि उनको सोच छ । शेर्पा गाउँमा दुःख कष्ट पर्दा सहयोगी हातको रुपमा स्थापना भएको केरुङ किदुगमा आजीवन सदस्य पनि रहेका छन् । यसरी शेर्पा भाषा, कला, संस्कार संस्कृतिको संरक्षणमा लागि परेको शेर्पा समुदायमा आफ्नो भूमिका निरन्तर राख्न सफल होस हाम्रो पनि शुभकामना ।