युवा गायक छाङ्पा शेर्पा शेर्पा भाषाको गीत निर्माण र भिडियो छाँयाकानमा व्यास्ता छन् । सोलुखुम्बु जिल्लामा जन्मेका शेर्पा शेर्पा समुदायमा र्याप गायकको रुपमा परिचित छन् । गीतबाट अाफ्नो समुदायको संस्कृतिलाई संरक्षण गर्ने उदेश्यले संगीत यात्रा सुरु गरेको शेर्पाले शेर्पा भाषामा नै र्याप गीतहरु गएका छन् ।

ङे खाङ्बा स्यारखुम्बु थातेङला यिन् भन्ने गीतबाट यात्रा बढाएका शेर्पा अहिले शेर्पा भाषामा रहेको गीत टिगल टिगल भोलको शेर्पा भाषाको म्युजिक भिडियो निर्माणमा गयक छङपा शेर्पा लगिरहेका छन् । यस म्युजिक भिडियोले शेर्पा जातिको विवाह संस्कारलाई झल्काएको छ । यस म्युजिक भिडियो अब चाँडै बजारमा आउने गयक छाङ्पा शेर्पाले जनकारी गराए । यसमा शेर्पा जातिको विवाह कसरी गरिन्छ भन्ने कुरा यस म्युजिक भिडियोबाट जनकारी हुने गयकको शेर्पाले विश्वास गरेको छ । यस म्युजिक भिडियो संगसंगै आउने दिनहरुमा यस्तै शेर्पा भाषा धर्म संस्कृति र संस्कार झल्कीने अरु म्युजिक भिडियो पनि निर्माण गर्ने चहान रहेको गयक बताउछ । यस टिगल टिगल म्युजिक भिडियोको छायांङ्कन भने बर्खर सकिएको छ । छाङपा शेर्पा एक मात्र शेर्पा समुदायको शेर्पा पप गयकक हो ।

शेर्पा जातिको भाषा धर्म संस्कृति दिन नौ दिन लोप हुन गइरहेको अवस्थामा यस म्युजिक भिडियोले शेर्पाको भाषा धर्म संस्कार र संस्कृति संरक्षणमा केही हद सम्मा भए पनि सहयोग हुने अाशा रखेको छ । यसरी शेर्पा भाषा, कला, संस्कृतिको संरक्षणमा जुटेको पप गायक छाङ्पा शेर्पाको अागमी संगीत यात्रा सफल रहोस हाम्रो पनि शुभकामना ।