ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिका वडा नं-२ रगनी लाम्जे बौद्धमा अवस्थित देव अवतरण बौद्ध चैत्यको ङासुल कार्यक्रम तथा देव अवतरण दिवस मणि छोकुर नाच कार्यक्रम भव्य रुपमा लक्ष्मी पुजाको दिन सम्पन्न भएको छ।
देव अवतरण बौद्ध चैत्य संरक्षण समितिका अध्यक्ष आङ रिन्जी शेर्पाको सभाध्यक्षमा भएको प्राचीन धर्मिक सांस्कृतिक नाच देव अवतरण दिवस अर्थात तिब्बती भाषाको मणि छोकुर कार्यक्रममा श्रद्धालु भक्तजनहरुको गरिमामय उपस्थिति रहेको जनाइएको छ। बौद्ध चैत्य भनेको हामी बौद्ध धर्मलम्बीहरुको मुटु र सबैभन्दा ठुलो सम्पत्ति भएको कारणले कार्यक्रम श्रद्धालु भक्तजनहरुको भीड भएको धर्म गुरु पसाङ शेर्पा लामाले बताउनु भएको आयोजकले बताइएको छ।


बृहत सांस्कृतिक मनोरञ्जन कार्यक्रम सहित सुचारु भएको धार्मिक कार्यक्रममा गत वर्ष देव अवतरण बौद्ध चैत्य निर्माण गर्दा लागेको लगत खर्च र संसद बिकास कोष र स्थानीय सहयोगी मनहरुबाट उपलब्ध आर्थिक स्रोत सहितको आर्थिक प्रतिवेदन बौद्ध संरक्षण समितिका कोष अध्यक्ष एवम् वर्तमान वडा अध्यक्ष आङ काजी शेर्पाले २६ लाख बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको आयोजकले बताइएको छ।
कार्यक्रमको पवन अवसरमा खिजीदेम्बा गाउँपालिकाकै वडा नं -४ खिजीकाती चर्नालुमा अवस्थित नाम्ड्रोल थार्पालिङ गुम्बाको लागि धार्मिक कार्यक्रममा उपस्थित श्रद्धालु भक्तजनहरुबाट नगद रु २ लाख ४० हजार बराबरको आर्थिक सहयोग समेत जुटेको नाम्ड्रोल थार्पालिङ गुम्बाका अध्यक्ष ङवाङ थोचेन लामाले बताइएको छ।
कार्यक्रमको अवसरमा सांगीतिक कार्यक्रम समेत व्यापक रुपमा प्रदर्शन भएको थियो।
कार्यक्रममा समाजसेवी,बुद्धिजीवी ,पत्रकार र स्थानीय वासिन्दा लगायत करिब साढे दुई सय जनाको बग्लो उपस्थिति रहेको थियो।