शेर्पा भाषामा निर्माण भएको चलचित्र टिन्छेन फमा राजधानीको च्यारिटि सो पश्चात अन्तरास्ट्रिय स्तरबाट माग भएको छ । शेर्पा समुदायको भाषा, कला, संस्कृतिमा अाधारित चलचित्र  नेपालको राजधानीमा केएल टावार मा भिअाईपी सो र गोपीकृष्णामा राखिएको च्यारिटि सो पश्चात दार्जिलिङ, सिकिम, भुटान, यूएई, अमेरिका, युरोप लगायत विभिन्न शेर्पा समुदायको बाहुल्यता भएका देश तथा जिल्लामा माग गरेको छ । शेर्पा समुदायको शेर्पा नारीबाट लेखन तथा निर्देशन, शेर्पा युवाहरू निर्माता रहेको सो चलचित्रमा शेर्पा समुदायको नव कलाकारहरूले अभिनय गरेको चलचित्र तत्काल सोलुखुम्बु जिल्लामा प्रदर्शन हुने निदेशकले बताएकी छिन् । चलचित्रको पहिलो च्यारिटि सोबाट अाएको रकम नेपाल शेर्पा संघको भवनका लागि सहयो गर्ने निर्देशक तथा निर्माताहरुले बताएका छन् ।



राजधानीको च्यारिटि सोमा दर्शकको मन जिताउन सफल भएको चलचित्र भाषा, संस्कृति संरक्षणमा अामा बुबाको भुमिका कति हुन्छ भन्ने विषयको सेरोफेरोमा रहेर चलचित्र निर्माण भएको छ । चलचित्रमा शेर्पा समुदायको पुर्ख्यउली पेशा पशुपालन, हिमाल अारोहणा लगायत शेर्पा समुदायको भाषा, संस्कृतिमा युवाहरूको चिन्ता लाई समेत उजागर गर्न खोजिएको चलचित्रमा नेपालको प्रकृतिक सुन्दरताले समेत स्थान पाएको छ । चलचित्र हेर्ने अधकांस दर्शकले चलचित्र अाफुहरुले सोचेको भन्दा राम्रो भएको प्रतिकृय दिदै टिन्छेन फमा २ भन्नु पर्ने माग गरेका छन् । शेर्पा समुदायमा निर्माण भएको चलचित्र टिन्छेन फमा समुदायको तेस्रो चलचित्र हो ।