२०७० साल मंसिर ४ गते आम निर्वाचन द्धरा गठन भएको संविधान सभा २०७२ साल असोज ३ गते  नेपालको संविधान २०७२ जारी गर्दै ब्यवस्थपिक संसदमा  रुपन्तरित भएको थियो । यो रुपन्तरित संसदको कार्यकाल  २८ गते शनिवार मध्यरातबाट सकिँदै छ । अगामी मंसिर १०र २१ गते संविधान अनुसार र निर्वाचन आयोगको कार्यतालिका बमोजिम प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन सम्पन्न् हुँदैछ । सो निर्वाचनको लागि २९ गते आईतबार समानुपातिक तर्फको उम्मेद्वारको नामवलि सुचि पेस गर्ने कार्यक्रम रहेको हुँदा नेपालको संविधान २०७२ बमोजिम ब्यवस्थपिक संसदको कार्यकाल अघिल्लो दिन राति  सकिने देखीन्छ ।
संविधान सभाले बनाएको संविधान २०७२ को सफल र सर्थक  कार्यन्वयनको लागि संघिय संसद र प्रदेश सभाको अगामी निर्वाचन  अनिवार्य र अपरिहार्य रहेको छ । गत स्थानिय तथहको निर्वाचनमा सबै राजनितिक दलहरुले  उत्साहको साथ भाग लिएबाट संविधानको अपनत्व र सर्व स्वीकार्यता बढेको छ । यो संघिय लोकतन्त्रिक गणतन्त्रको संस्थगत बिकासका लागि अपरिहार्य थियो । अब नेपाल संविधानको सफल कार्यन्वयन गर्दै आम निर्वाचन तर्फ अगडि बढि सकेको छ ।

देशमा राजनितिक स्थिरता स्िहत  दिगो साशन ब्यवस्था  आम निर्वाचन पछिको सरकाले मात्र दिन सक्ने देखिन्छ ।  विगत १० बर्षको शासन सञ्चालनको  परिदृश्या हरुलाइृ नियल्ने हो भने गणतन्को सफल घोषणा ,राष्ट्रपतिको निर्वातन दोस्रो संबिधन  सभाको चुनाव,लडाकु ब्यवस्थापन ,संविधान जारी र स्थानिय तहको निर्वाचन सम्पन्न गर्ने कार्य दलहरुको प्रसंसनिय कार्य रहयो भने  ६÷६ महिनामा सरकार परिर्वातन गर्ने काम बाट नेपाली जनताको  राजनितिक दलहरु प्रतिको भरोस र बिश्वास घटदै गईरहेको  अवास्थमा मुलुक आम निर्वाचनमा होमिएको छ ।
जति सुकै कमि कम्मजोरी रहेपनि दलहरुको विकल्प दलहरुनै हुन ्। जनताले तिने दलहरुलाई भमिका र जिम्म्ेमवरीको आधरमा निर्वचित  गरेर पठाउँदै छन् । नेपालको राजनितिमा दलिय शक्तिको विश्लेष्ण गर्ने हो भने नेपाली कांग्रेस र नेकपा ऐमाले  नै देशको प्रमुख रानितिक शक्ति हो । गत स्थानिय तहको निर्वाचनले  त्यो तथ्य लाई जनमतले स्थपित गरिदिएको छ । अवको राजनिति  यहि तथ्य र जनमतको आधरमा अगडि बढनु जरुरी देखिन्छ । संविधनको सफल र सार्थक  कार्यनवयन पनि नेपाली कंग्रेस र नेकपा ऐमालेको अहम भुमिका देखिन्छ । माओबदि केन्द्र बिध्यमान राजनितिमा तेस्रो शत्तिको रुपमा स्थापित भएको छ । यिनै तथ्यहरुलाई  आत्मासथ गर्दै नेपालका रजनितिक दलहरुले बाम पन्थी र लोकतन्त्रिक गठबन्दन  निर्माण गरेको देखिन्छ । बाम पन्थी गठबन्दमा नेकपा ऐमाले ,माओवदी केन्द्र,नयाँ शक्ति नेपाल लगायत कम्युनिष्ठ पार्टीहरु आवद छन् । यसैगरी लोक तान्त्रिक गठबन्दमा नेपनली कंग्रेस , राजपा मदेसी जनअधिकार फोरम , राप्रपा ,राप्रपा प्रजातन्त्रिक लगायत राजनितिक दलहरु  आबद रहेका छन् । ढिलो वा चाँडो नेपाल दुई दलिय राजनितिक अभ्यसमा प्रबेस गर्ने देखिन्छ । यो गठबन्दनलाई  त्यसैको प्रस्थान बिन्दुको रुपमा लिन सकिन्छ

संविधान कर्यानवयनको पुर्ण सफलताको लागि  अगमी संसधिय निर्वाचनले ठुलो योगदन र भुमिका निभउने छ । यसपछि नै नेपामा संघिय लोकतन्त्रिक गणतन्त्रले संस्थगत रुपमा नेपाल र नेपाली जनता समक्ष  जरा गाडने छ । परिर्वतन संस्थगत हुनेछ । नेपाली जनतको छोरछोरी यो देशको राष्ट्रप्रमुख बन्ने परम्परको थालनिले संस्थगत निरन्तरता पउनेछ ।  तर्सथ  पनि हर हालत र अवास्थामा निर्वाचन अनिर्वाय र अपरिहार्य रहेको छ ।

अहिले विभिन्न कोणमा निर्वाचन सार्ने हल्ला नचलेको होईन् तर नेपाली कंग्रेसका सभापति एवं प्रधान मन्त्री शेरबहादुर देउवाले २०५९ साल  असोज १८ गते निर्वाचन सार्दा नेपाली कंग्रेस र उनले ब्यक्तिगत रुपमा पनि कुन हालत र हबिगत बेर्होनु प¥यो त्यो तितो अनुभवा प्रधान मन्त्री देउवासंग ताजै छ । तसर्थ निर्वाचन सर्ने र सार्ने कुराको कल्पना पनि गर्न सकिदैन् ।
लेखक

पत्रकार एवं सह प्रबक्ता राप्रपा प्रजातन्त्रिक

freelancerkiran@gmail.com