आदिवासी जनजाती महासंघ मलेसियाको तेस्रो महाधिवेशनबाट निर्वाचित अध्यक्ष मिङमा शेर्पाको शव सोमबार नेपाल अाईपुगेको छ ।

३१ बर्षको उमेरमा निधन भएको शेर्पाको शव त्रिभुवन विमानस्थल बाट सोमबार रातिनै तााप्लेजुङ लगेको छ । अादिवासि जनाजाति महासंघ, शेर्पा किदुग मलेसिया, शेर्पा सञ्चार समुह नेपाल, हिमालयन शेर्पा साँस्कृतिक केन्द्रका प्रतिनिधि तप्लेजुङ जिल्लका राजनितिग्य, शेर्पा पत्ररकारले शोक समाभेदना पस्चात शवलाई तााप्लेजुङ पठाईएको हो । मृतक शेर्पा  नसा उपचार गरी अस्पतालबाट डिस्चार्ज पश्चात दुई दिनअघि मात्र डिउटी सुरु गरिएको थियो । मलेसियामा सेकुरेटीगार्डकोरुपमा  जेटी आई कम्पनीमा कार्यरत शेर्पाको मलेसियासमयानुसार दिउसो १ बजेबाट विहान ७ बजे सम्म डिउटी रहेको थियो। गत १३ गते तदनुसार २९ सेप्टेम्बरका दिन स्थानीय समयानुसार५ः३० बजे तिर डिउटी सक्न करिव एक घण्टाको समय बाकी हुदा तीनतल्लाको विल्डीडमा घुम्दै जाने क्रममा दुई तल्लामा पुग्दा एकासीभईमा ढली निधन भएको कुरा शेर्पा किदुग मलेसियाको अध्यक्षङावाङ नुरी शेर्पाले जानकारी दिनु भएको छ ।

केलाङ अस्पतालले दिएको पोस्मार्टम रिपोर्ट अुनसार CORONARY ARTERY DISEASE अथार्त मुटुमा रगत सञ्चालन गर्ने धमनीनसाको रोगका कारण निधन भएको हो । सोमबार सम्म मलेसियास्थित नेपाली राजदुताबास दशैको विदा रहेकोले अन्य सवै प्रक्रिया पुराभए पनि दुताबासबाट गरिने प्रक्रियाले गर्दा लास नेपाल पठाउन ढिलाई भएको कुरा अध्यक्ष शेर्पाले जानकारी दिनु भयो । कार्यरत कम्पनीबाटगरिने आवश्याक सवै प्रक्रिया सकिए मृतक मिङमा शेर्पाकार्यरत जेटी आई कम्पनीको मालिकलाई उद्धत गर्दै मलसियाबाट पिटी शेर्पाले जानकारी दिनु भएको  थियो  । लासलाई ताप्लेजुङ मै लाने तयारी  परिवार स्रोतलाई उद्धृत गर्दै ग्याक्जु शेर्पाले जानकारीदिनु भएको छ ।

ताप्लेजुड जिल्ला मेरिडदेन ५, थुकिमा स्थानीय घर भएको शेर्पा,आदिवासी जनजाती महासंघ मलेसियाको वाहेक शेर्पा संचार समूहनेपाल जिल्ला कार्य समिति  ताप्लेजुडका अध्यक्ष, मलेसिया शेर्पा किदुगमलेसियाको निवर्तमान महासचिव, ताप्लेजुड शेर्पा समाज केन्द्रियशर्कलका बरिष्ट उपाध्यक्ष, वल्ड शेर्पा न्युजका संस्थापक एवं  तप्लेजुङप्रवास समिति मलेसियाको सल्लाहकार समेत रहेका थिए ।

आगामी डिसेम्बरमा नेपाल आउने तयारी गर्दै गरेका शेर्पा यस अघिपनि साउदीमा ३ बर्ष काम गरी फर्केका हुन्न । मलेसियामा रोजगारकोशिलशिलामा रहे पनि नेपाल तथा मलेसियाका विभिन्न संघसंस्थामाआवद्ध भई समाज सेवामा अत्यन्तै क्रियासिल, प्रतिभावान व्यक्तित्वभएको शेर्पा  नेपालमा रहदा समेत धार्मिक र समाजिक संस्थामा सक्रियथियो ।

बुबा लाक्पा शेर्पा र आमा लामु दिकी शेर्पाको कोखमा वि.स. २०४३फाल्गुन १६ गते ताप्लेजुडको थुकिमामा जन्मेका हुन्न । परिवारकोजेठो छोरा शेर्पाको ५ बर्षको एक छोरा, १२ बर्षकी एक छोरी र एकश्रीमती छन् ।

त्रिसम्पन्न युवा क्लब थुकिमाको अध्यक्ष हुदा गाउँमा बृहत लोसार तथाखेलकुद आयोजना गरियो थियो भने ताप्लेजुडमै पहिलो पटक शेर्पाआइडल सञ्चालन गरेको थियो । निकट भविश्यमै शेर्पा समुदायलाईलक्षित गरी ताप्लेजुङमा एक बृहत प्रशिक्षण कार्यक्रम सञ्चालनकोतयारीमा  थियो भने ताप्लेजुङमा एक एम्बुलेन्स खरियो योजना समेतरहेको थियो । शेर्पाको मृत्युको खबरले वहाँको घरमा रुवाबासी चलेकोछ भने जिल्लाबासी र सिंगो शेर्पा समुदाय सोकमा डुबेका छन् ।