प्रथम विश्व शेर्पा सम्मेलन प्रधानमन्त्री शेर बहादुर देउबाको प्रमुख अातिथ्यमा राजधानीको लाजिम्पाट स्थित होटल र्यडिसनमा सुरु भएको छ । २१ वटा देशका शेर्पा संघ संस्थाका प्रतिनिधिको उपस्थितिमा सुरू भएको सम्मेलनमा विश्वमा छरिएर रहेका शेर्पा समुदायको भाषा कला, संस्कार, संस्कृतिको संरक्षण, एकरुपता र विकासका लागि छलफल हुने जनाएको छ । त्यसैगरी शेर्पा समुदायको विकृतिलाई न्यूनीकरण गर्न उदेश्य राखेको सम्मेलनको प्रचार प्रसार संयोजक छिरिङ शेर्पाले जनाकारी दिनु भयो । विश्वले चिनिएको शेर्पा समुदायले देशको बिकासका लागि समेत सहयोग पुर्याउनुमा यस सम्मेलनले भुमिका निर्वाह गर्नु पर्नेमा जोड दिएको छ ।
नेपाल शेर्पा संघको अध्यक्ष एडी लामा शेर्पाको अधयक्षतामा सुरु भएको सम्मेलनमा धर्म गुरु तोलाका रिन्पोक्षे, साङ्टाग टुल्कु रिन्पुक्षे, सामान्य राज्य मन्त्री मा. वाङ्दी शेर्पा , पुर्वस मन्त्री, सभासद, पूर्व सभासद लगायत ३०० भन्दा बढी शेर्पाहरुको उपस्थिति रहेको छ ।


सम्मेलनमा शेर्पा समुदायको पहिलो दिन प्रधानमन्त्रीबाट उद्घघाटन, दोश्रो र तेस्रो दिन कार्यपत्र प्रस्तुत गर्ने र कार्यक्रम र उक्त कार्यपत्र माथि छालफल गर्ने, तेस्रो दिन विश्व शेर्पा सम्मेलन तदर्थ समिति ले तयार पारिएको बिधान माथि छलफल र सोही दिन विश्व शेर्पा सम्मेलन गठन गर्ने कार्यक्रम रहेको कार्यक्रमको बिषयको जानकारि गराउने क्रममा सम्मेलनका संयोजक एडी लामा शेर्पाले जनाकारि दिनुभयो ।
नेपालको नाम विश्व चिनाउने महत्त्वपूर्ण भूमिका निर्वाह गरिएको भएपनि नेपाल सरकारले शेर्पा समुदायको भाषा, संस्कार, संस्कृतिको संरक्षणमा सोचेको जति योगदान नदिएको हुनाले शेर्पा समुदाय अाफ्नो भाषा, संस्कार, संस्कृतिको समुदायले नै पहल हरु गरिरहेको छ । त्यो भएनि विभिन्न कार्याको लागि विश्वको विभिन्न देशमा फैलिएर बसोबास गर्ने शेर्पाहरुको भाषा, संस्कृति, धर्म, संस्कारलाई जोगाउन र एक रुपता गर्न विश्व शेर्पा सम्मेलन अायोजना गरेको पनि शेर्पाले बताउनु भयो । पछिल्लो समय शेर्पा समुदायमा धर्म परिवर्तन गर्ने संख्या बढ्दै गएको र यो हुनुमा शेर्पा समुदायको संस्कृतिको महङ्गो भएको हुनाले यस विषयलाई मध्यनजर गर्दै सम्मेलनमा छलफल हुने शेर्पाले जनाकारि दिनुभयो ।

जातिको अस्तित्व भनेको भाषा भएको हुनाले पूर्व पर्यटन तथा संस्कृत मन्त्री कृपासुर शेर्पाले  शेर्पा समुदायको भाषामा अध्यन गर्न सक्ने विद्यालयको स्थापना गरिदिन नेपाल सरकार व्यवस्था गरिदिनु पर्नेमा जोड दिएको छ ।

कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल नाम शेर्पा सँग जोडिएको हुनाले नेपालमा शेर्पाको अस्तित्व र भाषा संस्कृति संरक्षणमा नेपाल सरकार सोचेको जति पहल गर्न नसकेको र यसमा समुदायले जोड दिएकोमा खुःसी व्यक्त गर्नुभयो ।

सम्मेलन ३ दिन सम्म हुने कार्यक्रम रहेको छ भने कार्यक्रमका प्रतक्ष प्रसारण ईन्डिजिनियस र सगरमाथा टेलिभिजनबाट र रेडियोको हकमा हिमाल एफ. एम बाट र फेसबुक लाईभबाट पनि प्रतक्ष प्रसारण दिई रहेको छ ।