अक्टोबर 8 र 9 तारिकमा अायोजना हुने विश्व शेर्पा सम्मेलनबाट गठनहुने विश्व शेर्पा संघलाई स्वागत गर्न असोज २७ गते ग्लोबल शेर्पा साँस्कृतिक साँझ अायोजना गर्ने भएको छ । नेपाल शेर्पा सांगितिक संघको अायोजनामा हुने साँस्कृतिक  साँझमा शेर्पा समुदायका कलाकार हरुको बेझोट प्रतुति रहने बताएको छ ।

नेपालका अाधिबासी समुदायको नै पहिलो ऐतिहासिक सम्मेलन विश्व शेर्पा सम्मेलन भएको हुनाले यो साँझ अायोजना गर्न लागेको अायोजक संस्थाका अध्यक्ष छिरिङ शेर्पाले जनाकारि दिनु भएको छ । पूर्व सभासद तथा समाजसेवी जीप छिरिङ लामा शेर्पाको प्रमुख अातिथ्यमा संचालन हुने कार्यक्रममा गीतकार तथा गजलकार छिरिङ शेर्पा ( अविरल ) ले लेखिएको किताब विमोचन कार्यक्रम समेत रहेको अायोजक संस्थाले जनाएको छ ।  कार्यक्रममा विश्व शेर्पा सम्मेलनमा भाग लिन अाउनु भएको प्रतिनिधिहरुलाई प्रवेश शुल्कमा छुट रहेको र वाँकी कार्यक्रमबाट अाएको रकम अाश्रय समुह लागु अौषध पुनःस्थापन केन्द्र लाई सहयोग प्रधान गर्ने पनि शेर्पाले वताउनु भयो ।