शेर्पा भाषामा निर्माण भएको चलचित्र टिन्छेन फमा सोलुखुम्बुको विभिन्न गाँउ तथा नगर पालिका हलहरुमा पर्दशन हुने भएको छ । लेखक तथा गीतकार आङ ङिमा शेर्पा कुङ्गाको निर्देशनमा निर्माण भएका चलचित्र राजधानीमा अशोज २६ गतेको च्यारिटि सो पश्चात शेर्पाहरुको थातथलो सोलुखुम्बुमा पर्दशनको तयारी गरिएको हो । शेर्पाको ईतिहास सोलुखुम्बु सँग जोडिएको र चलचित्रका आधा भन्दा बढी छायाँकन पनि सोलुखुम्बुमा भएको हुनाले यसलाई सोलुखुम्बुको विभिन्न हलहरुमा पर्दशन तयारी गरिएको चलचित्रका निर्देशक शेर्पाले जनाकारी दिएको छ ।
अशोज २६ गते राजधानीमा सुरु हुने चलचित्र सोलुखुम्बुमा कार्तिक १२ गतेबाट पर्दशन हुने भएको छ । सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरीबाट पर्दशन सुरु गरेर जिल्लामा जुनवेशी मा.वि, टाक्सिन्दु, खरिखोला, लुक्ला हल, नाम्चे, खुम्जुङ्ग हुदै टाप्टिङ्ग गोरामा पर्दशन हुने कार्यक्रम रहेको छ । चलचित्र पर्दशनका लागि नेपाल शेर्पा विद्यार्थी संघ सोलुखुम्बुले संयोजकको भुमिका निवाह गर्ने संघका अध्यक्ष सागार शेर्पाले जनाकारी दिनु भयो । सोलुखुम्बु जिल्लाका पर्दशन पश्चात नेपालका विभिन्न जिल्ला र नेपाल बाहिरा पर्दशन हुने पनि चलचित्रका निर्देशक शेर्पाले बताउनु भयो ।