ताप्लेजुङ घर भई हाल मलेसियामा सेक्युरिटी गार्डको काम सँगै विभिन्न संघ संस्थामा रहेर सामाजिक काम गरि रहेको मिङमार शेर्पा पाङ्कार्माको निधन भएको छ । शेर्पा राजतन्त्रको अन्त्य गर्न जिल्लाबाट अान्दोलनमा सक्रिया शेर्पा करिब तीन बर्ष पहिला अाफ्नो जन्म भूमि छोडेर मलेसिया प्रस्थान गरेका थिए । शेर्पाले मलेसियामा पुगेर पनि सामाजिक कामलाई निरन्तरता दिई रहेको थियो ।

शेर्पाले मलेसिया शेर्पा किदुगमा महासचिवमा रहेर शेर्पा समुदायको भाषा, कला, संस्कार, संस्कृतिकको संरक्षणमा महत्त्वपूर्ण योगदान दिनु भएको थियो भने बखरै भएको अधिबेशनबाट अाधीबासी जनाजाति महासंघका अध्यक्ष पदमा रहेर अादिबासीहरुको हक अधिकारका लागि सकृयता साथ काम गरि रहनु भएको थियो । ताप्लेजुङ शेर्पा सञ्चारको अध्यक्ष समेत रहेको शेर्पाले अाफ्फै संचालक भएर वल्र्ड शेर्पा न्यूज बाट शेर्पा समुदायमा सकृय भएर समाचार संप्रेसन गरि रहेको थियो ।

समुदायमा सकृय युवाको रुपमा चिनिएको शेर्पाको पाँच बर्षको छोरा पनि रहेको छ । बुबाको पर्खाईमा रहेको छोरालाई मात्र रुवाएन  उनको मृत्युुले सिंगो समुदायलाई रूवाएको छ । सामाजिक संजालमा श्रद्धाञ्जली मार्फत उनको मृत्युले समुदायमा अतुलनीय क्षति पुगेको जनाकारी दिएको छ । नेपाल सरकारको ध्यान जान नसक्दा अाज मिङमार शेर्पा जस्तै कयौ युवाहरुले खाँडी मुलुकमा गएर ज्यान गुमाउन बाध्य छन् । नेपाल सरकार रेमिटान्स भित्राएर बस्न तयार छन् तर यस्तो युवाहरुलाई नेपालमा रोजगारको व्यवस्था गरि युवा शक्तिको सदुपयोग गर्न सकिरहेको छैन । जब सम्म नेपाल सरकारको ध्यान यस तर्फ जादैन नेपालका लाखौ युवाहरु अाफ्नो ज्यानको बाजी थापेर खाँडी मुलुकमा पसिना बगाउन बाध्य हुन्छ । त्येसैले नेपाल सरकारको ध्यान यसतर्फ जान जरुरी देखिन्छ ।