काठमाडौं । पछिल्लो समयमा शेर्पा समुदायमा चर्चामा रहेको विश्व शेर्पा सम्मेलनको कार्यक्रम तालिका सार्वजनिक भएको छ । पहिलो विश्व शेर्पा सम्मेलनको उद्घाटन होटल र्याडिसन लाजिम्पाटमा हुने तालिका सार्वजनिक गरेको हो । प्रचारप्रसार संयोजक आङ छिरिङ शेर्पाद्धारा जारी विज्ञप्तिमा अक्टोबर ८, ९ र १० अर्थात असोज २२ देखि २४ सम्म सम्मेलन हुने उल्लेख छ । राजधानीको लाजिम्पाटस्थित पाँचतारे होटल र््याडीसनमा प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने सम्मेलनको बाँकी दुई दिन टुशालस्थित शेर्पा सेवा केन्द्रमा कार्यपत्र प्रस्तुत, घोषणा कार्यक्रम हुने जनाएको छ । विश्वभरका १५ वटा मुलुकको संस्थागत सहभागिता रहने सम्मेलनमा २१ भन्दा बढी देशबाट शेर्पा प्रतिनिधीहरु सहभागि रहने जनाएको छ । नेपाल शेर्पा संघको अगुवाईमा हुने सम्मेलनको आयोजना विश्व शेर्पा संघ तदर्थ समितिले आयोजनामा हुन लागेको हो । सम्मेलनले विश्व शेर्पा संघको विधान पारित गर्ने, विभिन्न विषयगत तथा संस्थागत कार्यपत्र प्रस्तुत गरी समुदायलाई नयाँ रुपमा अघि बढाउन मार्ग प्रशस्त गर्ने समेत विज्ञप्तिमा उल्लेख छ ।
विश्व शेर्पा सम्मेलनका लागि सामाजिक सञ्जालमार्फत र नेपालमा संस्थागत रुपमा चरणबद्ध छलफलहरु भइरहेको जनाएको छ । सम्मेलनले समुदायलाई ठोस दिशा निर्देश गर्ने नेपाल शेर्पा संघका अध्यक्ष आङ दोर्जी शेर्पाले जनाए ।
विश्व शेर्पा सम्मेलनले शेर्पा समुदायको विकास, राज्यमा पहुँच विस्तार र हैसियत वृद्धिमा टेवा पुग्ने विश्लेषण छ । कतिपयले विश्व शेर्पा सम्मेलन सान्दर्भिक भएपनि सँगै जोडिएर चर्चा गरिएको विश्व शेर्पा संघको भने औचित्य नरहेको समेत टिप्पणी गरेका छन् ।
विश्व शेर्पा सम्मेलनलाई सफल पार्न संस्थागत रुपमा सबै जिम्मेवार हुनुपर्ने आयोजकहरुको धारण छ ।