यहि असोज ८ गते आईताबारबाट शेर्पा पत्रकारहरुलाई निशुल्क शेर्पा भाषामा उद्घोसन तलिम दिने भएको छ । शेर्पा सञ्चार समुह नेपाले प्रदान गर्दै आई रहेको शेर्पा भाषा उद्गोषन तलिम यस बर्ष पनि सञ्चालन गर्ने भएको हो । तलिमलाई यस पटक केही बृस्तित भनाएर लैजाने भएको छ । संस्थाले मातृभाषी पत्रकारिता पेशामा प्रवेश गर्न चाहाने शेर्पा युवाहरुका लागि तालिम सञ्चालन गर्न लागेका तालिमका संयोजक ङिमा तेण्डी शेर्पाले जनाकारी दिनु भयो । तालिममा शेर्पा भाषामा रेडियो तथा टेलिभिजन कार्यक्रम कसरी निर्माण गर्ने र शेर्पा भाषामा समाचार कसरी प्रदान गर्ने भन्ने बिषमा रहेर कक्षा सञ्चालन हुने पनि शेर्पाले जनाकारी दिनु भयो । तलिममा शेर्पा रेडियोका स्टेसन म्यानेजर नुरु छेपाल शेर्पाले दिने भएको छ भने तलिमका लागि फम शुल्का रु. १५० रखेको छ । तालिम लिन चहानु हुने शेर्पा पत्रकार तथा युवाहरुले सञ्चारको कार्यलयमा सम्पर्क गरेर फम भर्न सकिन्ने छ ।