स्थानीय तहको तेस्रो चरणको एक मात्र महानगरपालिका विरगंज महानगरपालिका मेयरहरुकोबीच आफ्ना एजेन्डहरुसहित मेयर डिबेट हुने भएको छ । २०७४ साल भाद्र २५ गते दिन विरगंज महानगरपालिका मेयोर उम्मेद्वारहरुलाई लिएर हुन गइरहेको मेयोरल डिबेटमा मेयर पदका उम्मेद्धारहरुले आफनो एजेन्डा र योजनाहरु प्रस्तुत गर्नेछ । असोज २ गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा केन्द्रित गर्दै यस बर्षका अमेरिकन राजदूतावास युवा परिषद र वी इन्सपायर नेपालका जोशीला युवाहरुको नेतरीत्वमा यो कार्यक्रम आयोजना गर्न लागेको राजदूतावास युवा परिषदका सदस्य प्रविण अग्रहरिले जानकारी दिएका छन । कार्यक्रमको मुख्य उदेश्य भनेको जनताहरु समक्ष्य मेयोर उमेदवारहरुले आफनो एजेन्डा प्रस्तुत गर्नु ,जनताहरुमाझ चुनावलाई लिएर हुने अन्योललाई कम गर्न यस कार्यक्रम फलदायी हुने आयोजकको दावी छ । तसर्थ यो एउटा चेतनामुलक कार्यक्रम भएको आयोजकले जनाएको छ ।