शेर्पा संघ दक्षिण कोरिया द्वारा राजधानि सौल स्थित बैठक बाशी कोरियन हरुको महान चाड छुसक मा शेर्पा संघ द्वारा वार्षिक साधारण सभा आयोजना गर्ने अध्यक्ष सेर साङबो शेर्पा ले बताउनु भयो l
वर्तमान कार्य समिति गठन भएको एक वर्षा पुरा भएको र संघ द्वारा गरिएको सामाजिक गतिबिती र आय बिया वारे समिक्क्षा गरि भाबी योजना तय गर्ने बाताउनु भयो l त्यसै गरी समाजिक गतिबिधी लाई थप चुस्त दुरुश्त प्राभापकारी ढंगले अगाडी बढाउन विभिन्न बिभाग हरू गठन गरि समाजिक गतिबिधि अगाडी बढाउने बाताउनु भयो l जसमा संस्कृतिक, खेलकुद, संचार विभाग तिन वटा छुट्टा छुट्टै गठन गरिने छ साथै वर्तमान कार्य समिती को सदश्य हरू पनि कोरिया बसाई अवाधि सकेर स्वदेश फर्कने क्रम जारी रहेकोले खाली रहेका पद हरु मा पनि सदस्य थप गरिने संघ ले जनाउनु भयो
आगामी ओक्टोबर मा हुन गैरहेको विश्व विश्व शेर्पा सम्मेलन सफल पार्नको लागी शेर्पा संघ दक्षिण कोरिया ले आर्थिक संकलन गरीरहेको जानकारी दिनु भयो । साथै नेपाल शेर्पा संघ द्वारा आफ्नै कार्यलय भवन खरिद गर्न लागिरहेको हुदा शेर्पा संघ दक्षिण ले पनि आर्थिक सहयोग गर्ने निर्णय गरीएको बाताउनु भयो । शेर्पा संघ दक्षिण कोरिया द्वारा आयोजन गर्न लागिरहेको साधारण सभाको मिती स्थान समय वारे केहि दिन मा सार्वजनिक गरिने साङबो ले जानकारी दिनु भयो ।