हेटौडामा वनकरिया समुदायको भुमि अधिकार विषयक सरोकारवालाहरुबीच अन्तक्रिय कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय आदीवासी जनजाती महासंघ महिला मञ्चले सोमबारसंवाद कार्यक्रममा वनकरिया समुदाय र सरोकारवाला निकायहरुबीच अन्तक्रिय भएको थिाय । जंगलमा नै जन्मेका र हुर्केका लोपोन्मुख वनकरिया २ दशकदेखि मनहरी गाउँपालिका—४ साविकको हाँडीखोला गाविस–७ मुसेधापमा कतरे छाप्रा हालेर बस्दै आएका छन् । जंगलमा फिरन्ते जीवन बिताउुदै आएका वनकरियाहरुलाई जिल्ला वन कार्यालय मकवानपुरले कवुलियती वन समूहअन्तर्गत ९ हेक्टर जमिन उपलब्ध गराएको थियो र त्यही जमिनमा उनीहरु छाप्रो बनाएर बसेका छन् । वन कार्यालयले दिएको जमिन खनीखोस्री पेट भर्ने काम गर्दै आएका छन् । तर वन कार्यालयले उपलब्ध गराएको जमिन अहिले पर्सा वन्यजन्तु निकुन्जको मध्यवर्ती क्षेत्रमा पर्छ । मकवानपुरमा मात्र बसोवास रहेको लोपोन्मुख वनकरिया समुदायको आवास भवन निर्माणको निम्ति सरकारले विनियोजन गरेको रकम बिगत ५ वर्षदेखि फ्रिज हुने गरेको छ । जनता आवास कार्यक्रम अन्तर्गत वनकरिया समुदायको निम्ति घर बनाउन सरकारले वर्षेनी ३० देखि ४० लाख रुपैया“सम्म रकम विनियोजित गर्ने गरेको छ तर भवन नबनेको कारणले रकम फिर्ता भई फ्रिजमा जाने गरेको छ । वनकरिया समुदायको आफनो नाममा एकधुर जमिन पनि नभएकाले सरकारी आवास सुविधाबाट उनीहरु बञ्चित हुँदै आएका हुन । सरकारले बनकरिया समुदायलाई जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण गर्न आर्थिक बर्ष ०६८÷०६९देखि बजेट विनियोजन गर्दै आएको छ तर उनीहरुको स्वामित्वमा जमिन नभएकाले घर बनाउन नसकेकाले रकम फ्रिज हुने गरेको जनता आवास जिल्ला समन्वय समितिका सचिव एव भवन प्रविधि अनुसन्धान तथा तालिम केन्द्रका प्रमुख सुदीप आचार्यले बताउनुभयो । निकुन्ज भित्रको जमिनमा उनीहरुको बसोबास रहेकाले त्यहा भवन बनाउन समस्या भएको उहा“को भनाई छ । बनकरिया समुदायको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रममा समाजशास्त्री तथा आदिवासी अभियान्तत डा.कृष्ण भट्टचनले आदिवासी जनजातिलगायत सबैलाई थातथलो छोड्न समस्या हुने बताउनुभयो । ‘बनकरियाहरुलाई निकुन्ज क्षेत्रवाट अन्यत्र स्थानान्तरण गर्न पनि उनीहरुको मन्जुरी हुनुपर्छ, वलपुर्वक स्थानान्तरण गर्न हुँदैन’, । आदीवासी जनजातीले नै वन्यजन्तु र जंगलको संरक्षण गर्दै आएको उल्लेख गर्दैै डा.भट्टचनले भने, वनकरियाहरुलाई सामुहिक स्वामित्वमा जमिन उपलब्ध गराउन पर्छ । १८ घरधुरी रहेको बनकरियाको जनसंख्या अहिले ७९ पुगेको छ । दुई जना वनकरिया छात्राले मात्र एसएलसी उत्तीर्ण गरेर दाताहरुको सहयोगमा प्राविधिक विषय अध्ययन गरिरहेका छन् । सरकारले वनकरिया समुदायलाई मुलधारमा ल्याउने उद्देश्यले विगत ८ वर्षदेखि उनीहरुलाई सामाजिक सुरक्षा भत्तावापत मासिक २ हजार रुपैयाँ उपलब्ध गराउदै आएको छ । सरकारले बनकरियासहित १० लोपोन्मुख जातिलाई प्रतिव्यक्ति मासिक २ हजार रुपैयाँ दिंदै आएको छ । मकवानपुरमा सामाजिक सुरक्षा भत्ता पाउने वनकरियामात्र एक समुदाय हो ।