२५ भदौ, काठमाडौं । मृत्यु भएका व्यक्तिको पासपोर्टमा एक नेपाली दम्पती १५ वर्ष अमेरिका बस्न सफल भएका छन् । तर, सक्कली पासपोर्ट प्रयोग गर्ने क्रममा उनीहरु प्रहरी फन्दामा परेका छन् । सोलुखुम्बुका लाक्पा शेर्पा र उनकी श्रीमती थोक्पाको कथा हो, यो ।

१५ वर्ष अमेरिका बसेर लाक्पा र थोक्पा दुई महिनाअघि नेपाल फर्किएका थिए । यस अवधिमा उनीहरुलाई अमेरिकामा धेरैले पेम्पा र याङजी भनेर चिन्थे । दुवैले आफ्नो नाम पनि पेम्बा र याङजी भएको बताउने गरेका थिए । पासपोर्टमा पनि त्यही नाम थियो ।

पेम्बा र याङजी शेर्पाको पासपोर्टमा फोटो टाँसेर उनीहरु अमेरिका गएका थिए । पासपोर्टको अवधि सकिएपछि पनि सोही नाममा नयाँ पासपोर्ट बनाए । तर, एउटा औंठा छापले १५ वर्षअघिको उनीहरुको अपराध बाहिर आएको छ ।

हाल दुवैजना हिरासतमा छन् । तीन साताअघि उनीहरु पक्राउ गरेका हुन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।