भाद्र २३ ओखलढुंगा,

ओखलढुंगा जिल्लामा रहेको सात वटा स्थानीय तह मध्यकै नेपालका उस्त उस्तै ७ आग्ला डाँडाहरुमा पर्न सफल देम्बाडाँडाको नाउँबाट परिचित खिजीदेम्बा गाउँपालिकाको प्रथम गाउँसभा बुधबार सम्पन्न भएको छ।स्थानीय तहको नयाँ संरचना अन्तर्गत रही बुधबार गाउँपालिकाका अध्यक्ष बेद बहादुर रोका र उपाध्यक्ष सुशिला तामाङले एक कार्यक्रमबीच आर्थिक वर्ष ०७४/७५ को बजेट तथा योजना तर्जुमा सार्वजनिक गरिएको हो । स्थानीय तहको निर्वाचन सम्पन्न भएको २ महिना पूरा भएपश्चत खिजीदेम्बा गाउँपालिका वडा नं-१ देखि ९ सम्मका निर्वाचित जनप्रतिनिधिहरु र गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष तथा गाउँपालिकाका गाउकार्यपालिका प्रतिनिधिहरुको सक्रियतामा तयार गरिएको बजेट तथा नीति कार्यक्रम एक औपचारिक कार्यक्रमका बीच प्रस्तुत गरिएको जनाइएको छ।

आर्थिक वर्ष ०७४/७५ का लागि सर्शत अनुदान अन्तर्गत ८ करोड १ लाख ९९ हजार,निसर्शत अनुदान अन्तर्गत १४करोड ५ लाख ६६ हजार,गत वर्षको पुर्वाधार बिकास अन्तर्गतको ५२ लाख ४६ हजार २७७ र अन्तरिक राजस्व अन्तर्गत ९ लाख ४५हजार गरी जम्मा रु-२३ करोड २० लाख ५६ हजार २७७ रुपैया बजेट विनियोजन गरिएको छ । विनियोजित बजेट अन्तर्गत ७ करोड ५८ लाख१७ हजार ६८०,वडा अन्तर्गत ३ करोड ७७ लाख २३ हजार २२४ रुपैया विनियोजन गरिएको बताइएको छ।विनियोजित बजेटमध्य चालू तर्फ ११ करोड ८५ लाख १५ हजार ३७३ (५१.०७%) र पुजीतर्फ ११ करोड ३५ लाख ४० हजार ९०४ रुपैया विनियोजन गरिएको गाउँपालिका स्रोतले जनाइएको छ। त्यसैगरी आर्थिक बिकास तर्फ ८१ लाख ९८ हजार ८१०,सामाजिक बिकासतर्फ १० करोड ८९;लाख ८६ हजार ३३९, पुर्वाधार बिकास अन्तर्गत ६ करोड ७३ लाख २२ हजार ४१७, वातावरण तथा विपद व्यवस्थापन अन्तर्गत १२ लाख ७० हजार र संस्थागत बिकास सेवा प्रवाह र सुशासन अन्तर्गत ४ करोड ६२ लाख ७८ हजार ७११ रूपया बराबरको बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष बेद बहादुर रोकाले बताउनुभयो ।

उक्त गाउँसभामा शुभकामना मन्तव्य दिदै राप्रपाका प्रतिनिधि रेखनाथ न्यौपानेले बिकासको नाउँमा बाटो मात्रै होइन शिक्षा ,स्वास्थ ,खानेपानी ,बिद्धुत,रोजगारी लगायत अन्य सबै क्षेत्रमा समानुपातिक बिकास गरि खिजीदेम्बाबसीको हकहित सुनिश्चित गर्नुपर्नेमा विशेष जोड दिनुभयो।त्यसैगरी मन्तव्यकै क्रममा नेकपा एमालेका प्रतिनिधि एवम् समाजसेवी लाक्पा गेल्बु शेर्पाले खिजीदेम्बा गाउँपालिकमा जनप्रतिनिधिहरु निर्वाचित भएता पनि खिजी चण्डेश्वरीमा बिगि्रएको सामान्य बाटो समेत निर्माण नगर्दा १२ सयमा पाउने चामल १६ सयमा पनि पाउन मुस्किल भएता पनि जनप्रतिनिधिहरुले खसै चासो नदेखाएको समेत स्पष्ट पर्नुभयो।उहाँले निर्वाचनको समयमा जनताको मन लोभ्याउने किसिमको आश्वासन गरेता पनि अहिले आएर सबै बिर्सिसकेको र अब चाडै बिकास निर्माणका गतिविधिहरुलाई अगाडि बढाउन निर्वाचित जनप्रतिनिधिहरुलाई शुभकामना समेत दिनुभयो। यसैबीच नेकपा माओवादीका खिजीदेम्बा इन्चार्ज चम्पाक सुनुवारले निर्वाचित जनप्रतिनिधिहरुले योजना तर्जुमा र छनोट गर्ने क्रममा अन्य पार्टीका प्रतिनिधिहरुलाई कुनै जानकारी नदिएको तर गाउँ सभामा भने अन्य पार्टीलाई साच्चिकै रूपमा मात्र राख्न खोजेको समेत औल्याउनु भयो ।

उहाँले निर्वाचित जनप्रतिनिधिहरुले जनताको आँखामा छरो हालेको र बिकासको नाउँ एक सिन्को समेत नबचेको समेत जनमानसमा स्पष्ट पर्नुभयो । सबै पार्टी पार्टीप्रतिनिधिहरुले दिएको अभिव्यक्तिको जवाफमा गाउँ पालिका अध्यक्ष बेद बहादुर रोकाले भर्खरै मात्र निर्वाचन सम्पन्न भएको र नीति एवम् कार्यक्रम भर्खर मात्र प्रतिनिधिहरुको हातमा फेला परेकोले गर्दा केही ढिलो हुनु स्वाभाविक भएको बताउनुभयो।उहाँले अबको दिनहरूमा खिजीदेम्बाको मुहार परिवर्तन हुनेमा ढुक्क हुन समेत सबैमा आग्रह सुम्पिनुभएको थियो। जनमानसमा सम्बोधन गर्दै रोकाले सबै वडाको बिकास निमित्त जननिर्वाचित वडा अध्यक्ष र सदस्यहरुलाई जिम्मेवारी सुम्पिसकेको र बाकी गाउँपलिकाले गर्ने सबै काम आफुहरुले गर्ने र त्यसका लागि सबैको साथ सहयोग खाचो हुने समेत स्पष्ट गर्नुभएको जनाइएको छ ।