विश्वको इतिहासमा इतिहासको पाना पल्टाएर हेर्दा विभिन्न देशहरुमा प्राय गरेर आदिवासी जनजातिहरु नै राज्यसताको दमन र उत्पीडनमा परेको देखिन्छ । नेपालमा पनि आदिवासी जनजातिहरु विगत लामो समय देखि भाषिक, धार्मिक, साँस्कृतिक, आर्थिक सामाजिक र राजनितिक दमन र उत्पीडनमा पर्दै आएको इतिहास साक्षी छ । आदिवासी जनजाति माथि राज्यको छलकपट र जालजेल दमन निति यति सम्म अवलम्बन गर्दै आएको छ की आज सम्पुर्ण आदिवासी जनजातिहरुको अस्तित्व नै धर्मसंकटमा पर्ने स्थितिमा रहेको छ ।
देशको हरेक परिवर्तनहरुमा अदिवासी जनजातिहरुको महत्वपुर्ण योगदान रहेको छ । विस २००७ साल हुदै विस २०४६, १० बर्षै जनयुद्ध र १९ दिने जनआन्दोलनहरुमा महान आदिवासी जनजाति सपुतहरुले देशको परिवर्तनका लागि आहुति दिएका थिए । तैपनि हामी आदिबासी जनजाति पिडित छौ । त्यसैको परिणम स्वरुप हिजो राज्यसताद्धारा हामी माथि गरेको दमन, शोसनले गर्दा आज सम्पुर्ण आदिवासी जनजातिहरुको भाषा, कला, धर्म, सँस्कृति सबै पतन भएको हुदाँ त्यसैको क्षतिपुर्ति स्वरुप हामीले एकल पहिचान सहित संघियता र जातिय स्वायता प्रदेशको माग जोडदारका साथमा उठाइरहेका छौँ । नेपालको अन्तरिम संविधानमा नेपाल स्वतन्त्र सार्वभौम धर्म निरपेक्ष समाबेशी प्रजातन्त्र सहितको गणतन्त्रात्मक राज्य हुने कुरालाई स्पस्ट किटान गरे पनि, यो देशमा अहिलेसम्म एकल भाषा, धर्म, सँस्कृतिको बर्चस्व कायम छ । मैले भन्ना खोजेको कुरोको चुरो के हो भने , परिवर्तन एक दिन अवश्य हुन्छ तर समय लाग्छ । त्सस कारण हामीले उठाएको माग जस्तै पहिचान सहितको सघियता त्यति सजिलै राज्यसत्ताले हामीलाई दिन पक्षमा छैन। यसको लागि हामीले आन्देलनको ठुलो आँधिबेहरी सिर्जन गर्न आवश्यक छ । संसारमा शोशित पिडितहरुको मागलाई आन्दोलनबाट नै सम्बोधन भएको इतिहास छ । तर आन्दोलनको आँधिबेहरी भनेको हिजोको जस्तो हात्तीको देखाउने दाँत भने झै काठमण्डौमा मात्र सिमित हुने किसिमको आन्दोलन होइन, अबको आन्दोलन भनेको देशको कुनाकाप्चा, गाँउ गाँउ, जिल्ला, र सहरबाट प्रत्येक आदिवासी जनजातिहरु आफनो अधिकारको लागि स्वस्र्फुत रुपमा आउने बातावरण बनाउनु पर्छ अनि मात्र बास्तविक आन्दोलनको रुप लिन्छ ।
प्रत्येक गाँउ जिल्लाबाट आदिवासी जनजातिहरु आन्दोलनमा स्व स्फुर्तरुपमा आउनको लागि हाम्रो आदिवासी जनजाति नेताहरुले हाम्रो अधिकारको बारेमा गाँउ टोल जिल्लामा गएर हाम्रो अधिकारको बारेमा स्पस्ट पार्नु जरुरी छ । तर आजभोलि हाम्रो समस्य के हो भने आदिवासी जनजातिहरु अधिकाँस जनताहरुलाई एकल पहिचान सहितको संघियता किन आवश्यक छ ? विगत लामो समय देखि हामी किन दमन र उत्पीडनमा छौ ? आदि तमाम विषयहरुमा हाम्रा जनताहरुले बुझेका छैन । केहि बुझेकाहरु पनि विभिन्न पार्टीले गर्दा हाम्रा माग ओजेलमा परेको छ । अर्को कुरा हाम्रा आदिवासी जनजाति अगुवा अथवा नेताहरुको मत एक हुना सकेको छैन । त्यसैले आदिवासी जनजातिहरुलाई यी यस्ता विषयहरुमा हाम्रा नेताहरुले स्पस्ट पार्नु पर्छ र मात्र आन्देलनको आँधीबेहरी शूरु हुन्छ नत्र, हाम्रा नेता, अगुवाहरु हिजो जस्तै केन्द्रमा गोस्ठी सेमिनर आदिमा सिमित हुने हो भने, एकल पहिचान, जातिय स्वयता प्रदेश नारामा वा भाषणमा मात्र सिमित नहोला भन्न सकिन्दैन ।