१४ पोर्तुगल शेर्पा सोसाइटी पोर्तुगलको आयोजनमा शेर्पा समुदयको महत्वपुर्ण सांस्कृतिक चाड फाङगी विशेष कार्यक्रम हुन गइरहेको छ । कार्यक्रम सेप्टेम्बर ३ तारीख लिस्बोन पोर्तुगल स्थित हिमलयन रेष्टुरेण्टमा हुने भएको हो ।आयोजकले  रोजगरको सिलसिलामा पोर्तुगलमा रहनुभएका सम्पूर्ण शेर्पा दाजुभाई तथा दिदिबहिनीहरुलाई उपस्थितीको लागि अनुरोध समेत गरेको छ ।