सोलुखुम्बु अभियान’ शुक्रबारबाट सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको आयोजनामा शुक्रबारदेखि यो अभियान सुरु गरिएको हो ।सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको नेतृत्वमा ‘सफा सोलुखुम्बु’ नारासहित शुक्रबार बिहान सदरमुकाम सल्लेरीको फाप्लुबजारदेखि सल्लेरीसम्म सरसफाई गरिएको छ । प्रजिअ थापाको नेतृत्वमा विभिन्न सरकारी तथा गैह्रसरकारी संस्थाका प्रमुख, सरकारी कर्मचारी, पत्रकार, स्थानीय बासिन्दाको सक्रिय सहभागिता थियो ।
सगरमाथामा फोहोरको मात्र बढ्न नदिने उदेश्यसहित सफा सोलुखुम्बुको अभियान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी थापाको भनाइ छ । उहाँले यो कार्यक्रमलाई जिल्लाको सम्पूर्ण बजार क्षेत्रमा अभियानकै रुपमा सञ्चालन गर्नका लागि गाउँपालिका, बजार व्यवस्थापन समितिसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । फोहोरको उचित व्यवस्थापन हुन नसक्दा बजार क्षेत्रमा दर्गन्ध बढेको स्थानीय बासिन्दाको भनाइ छ ।
तत्कालीन प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको कार्याकालमा प्रत्येक हप्ता आइतबार सल्लेरी सरसफाई गरिने भए पनि उहाँको सरुवासँगै अभियान स्थगित भएको थियो । नियमित सरसफाई हुँदा बजारको मुहार फेरिएको भए पनि अभियान स्थगित हुँदा पुन फोहोर बढ्दै गएको छ ।