लोखिम एकता समुहको चौथो वार्षिक साधरण सभा तथा दोस्रो अधिवेशन काठमाडौमा सम्पन्न भएको छ । विशेष गरी सोलुखुम्बु दुधकौशिका गाउ“पालिका अन्तर्गतको लोखिम गाविसका युवाहरुद्धारा २०७० साल बैशाख २१ गते स्थापना भएको संस्थाले गाउ“बाट शहरमा अध्ययनका शिलशिलामा आएका युवाहरुलाई बचत तथा आर्थिक सहयोगको लागि काम गर्दै आएको छ । गाउ“बाट आएको युवाहरु जो शहरमा बसेर अध्ययन गरिरहेका हुन्छ उनीहरुबाट मासिक २ सय जम्मा गराउने र जम्मा भएको रकम आवश्यक परेको बेला न्यन ब्याजमा एक अर्काले प्रयोग गर्न गरेका छन । सुरुवातमा मासिक ५ संकलन गरेको तर पछि मासिक २ सय रुपैया प्रतिब्यतिm रकम जम्मा गर्दै अहिले गाउ“बाट आएका युवाहरुले आवश्यक परेका वेला न्युन ब्याजमा रकम प्रयोग गरिरहेका छ । यसरी पैसा जम्मा गर्दा परेका बेला आपत्त विपत्तमा सहयोगस“गै बचत गर्ने बानीको समेत विकास हुने भएकोले यो कायृको सुरुवात गरेको संस्थाका अध्यक्ष्ँ सेर्कु शेर्पाले जानकारी दिए । पुर्व कार्यसमिति विगठनस“गै संस्थाका पुर्व उपाध्यक्ष्ँ निर्मला राईको अध्यक्ष्ँतामा ९ पदाधिकारीहरु सहित नया“ कार्य समिति चयन भएको छ ।