लोकमा जन्म भएपछि विभिन्न नियतिहरु ‘भाविको लेखान्त’ अनुसार भोग्दै जानुपर्छ भन्ने छ । ‘जन्मदै भाग्य र भविष्यको फैसाला हुने’ कुरा छँदैछ त्यसलाई पूर्ति गर्न कर्म गर्नुपर्छ । मानव सागरवीच एक जना त्यस्ता व्यक्ति थपिए ‘तीन दशक अगाडी’ । त्यसरी जन्मनेहरु मध्ये यदाकदाको मात्रै चर्चा परिचर्चा र हरहमेश कामको प्रशांसा हुन्छ, गुणगान गाइन्छ । त्यस्तै, चर्चा गर्न लयाकका एक पात्र हुन् तेम्वा शेर्पा । भोजपूरको विकट गाउँ किमालुङ–७ मा २०४१ पौष २७ गते जन्मेका शेर्पा वल्यकालदेखि नै विलक्षण यूक्त थिए । जन्मदिने आमा फुरबुटी र कर्म दिने बुबा पेम्वा शेर्पा हुन् । उनको वाल्यकाल गाउँघरमै सामान्य तौरतरिकाले वित्यो । प्ररम्भिक शिक्षा गाउँबाटै शुरु गरे । १२ बर्षको उमेरमा बुबा विते र दुःखका दिनहरु शुरुभयो । ‘दैवको लिला भोग्नै पर्ने’ भनेझैं वाल्यकालमै वुवा वितेपछि घरपरिवारको जिम्मेवारी उनीमाथि थपियो । कारण ‘उनी घरका जेठा सुपुत्र थिए’ । बुबाको दुःखद देवासनपछि उनीहरुको वसाई गाउँबाट भोजपुर सदरमुकाम तर्फ सर्यो । सदरमुकामको पानी ट्याङ्की ९ मा वसोवास र शिक्षादिक्षा लिने काम भयो । माध्यम वर्गीय परिवारमा जन्मिएका तेम्बाका बुवा ‘इन्डियन लाहुरे’ थिए । ‘घरका जेठा र प्रदेशका कान्छा’ भने झैं उनी घरको जेठा भएकाले गाउँसमाजमा हुने सामाजिक क्रियाकलापको जिम्मेवारी समेत आफैले लिनुपर्ने वाध्यता आइपर्यो । वाल्यकालमा यस्तै उनको जीवनमा घटना रहेछ जुन उनको जीवनमा नै अविष्मरणीय वन्यो । खास ठूलो कुरा होइन तथापी कर्तव्य पालना गर्ने क्रममा यस्तोपनि भोग्नुपर्ने रहेछ भन्ने चाँही हो । ‘बुबा वित्नु भएपछि गाउँमा घरआँगनमा भूतप्रेत मनसाउने चलन थियो । खर्को काट्नुपर्ने घरको आँगनमा केराको थाम राखिन्थ्यो । कुखुराको चल्ला काटेर पूजा गर्ने चलन छँदै थियो । पूजा गरेको त्यो कुखुराको मासु घरपरिवारले खान नहुने भन्ने थियो । पूजा सकियो । भाइले मासु खाना पाइएन भनेर झगडा गर्न थाले । सम्झाईबुझाई गर्ने क्रममा ठेलमठेल भयो । उनी लड्यो । केराको थामको छेउमा कोदाली राखेका रहेछन् । त्यही कोदालीमा बज्रियो र चोट लाग्यो । त्यो चोट अझैपनि छँदैछ ।’ उनले अतित सम्झिए । गाउँमा गाईवस्तु, मेलापात गर्ने, खेतीपाती, गोरु जोत्ने अर्मापर्माका काम समेत उनैले भ्याए । पछि सदरमुकाम तर्फ लागे त्यो गाउँले जीवन अतित भयो । वाल्यकालदेखि नै प्रगतिशिल विचार राख्ने तेम्वामा समाजमा केही गर्नुपर्छ र पिताश्रीको पथ अंगाल्नुपर्छ भन्ने थियो । विद्यालय शिक्षा पूरा भएर भोजपूर सदरमुकाममा नै ‘इन्टरमिडियट लेभल’ हासिल गरे, उमेर १८ को हुँदो हो । सदरमुकाममा शेर्पा समुदायको खास वासोवास थिएन । गाउँमा शेर्पा भाषा वोल्ने चलन भएपनि सदरमुकाममा आफ्नो समुदाय नभएकाले भाषाको प्रयोग गर्ने कुरै भएन त्यसमाथि पनि ‘तत्कालिन अवस्थामा राज्यले एकल खसनेपाली भाषिककरण नीति अवलम्बन गरेको’ हुँदा शेर्पा वोल्ने भन्ने परिकल्पना समेत गर्न सकिँदैनथ्यो । पढाईसँगसँगै आर्थिक स्रोतको विकल्प खोजी गर्नुपर्छ भन्ने उनलाई लाग्यो । त्यसवेलासँगैका दौतरीहरु लाहुरे हुनजाने भन्दै भोजपूर सदुरमुकाममा ‘खाम्ब गाडेर झुण्डीने, चौरमा गएर उफ्रने, जिउ तन्काउने, खुम्चाउने’ गरेको देखे । उनले पनि चासो राखे, रुची बढ्यो, । लाहुेर भर्तिपनि खुल्यो । धरानतर्फ लागे । त्यो वेलामा उनी व्रिटिस लाहुरे हुन्छु भन्दै धरान पुगेछन् । धरानबाट छनौट भएर पोखरा पुगे त्यहाँ त उनी सिंगापुर प्रहरीमा पो भिड्र पुगेछन् । व्रिटिस लाहुरे नभएर सिंगापुरे लाहुने भन्ने पछि थाहा भयो । पहिलो प्रयासमा सफल भएन । उनी गल्लामा छानेनन् । तर, लक्ष्य लिएर अघि बढे । उनले बुबाको पथ संहाल्ने अठोट गरेका थिए । पहिलो प्रयास असफल भएपछि राजधानी आए । काठमाडौंको चस्मा पसलमा काम गर्दै प्रहरीका लागि तयार गरे । मासिक दुई हजार तलव पाउँथे । उनलाई खाना, वस्न आफ्न्तकोमा व्यवस्था थियो । उनले लगभग सबै पैंसा वचाउँथे । केही समय त्यहाँ काम गरेपछि उनले भर्ति हुने अभ्यासलाई तिव्रता दिए । शुरु शुरुमा बोरामा वालुवा वोकेर कुदे तर, पछि बुद्धि फिर्यो । अर्थात, आफन्ताले सुझाए ‘वेकारमा वालुवा वोक्नु भन्दा त घर बनाउने ढुंगा वोके तालिमपनि हुने पैंसापनि पाइने ।’ उनले त्यसै गरे । तालिमपनि पैंसा पनि । उनले पुनः प्रयास गर्यो र सिंगापुर प्रहरी भए । अहिले ‘राम्रै’ पदमा कार्यरत छन् । सिंगापुर पुलिसमा भर्ना भएपछि उनी वारम्बर विदामा नेपाल आउनेजाने गरेका छन् । बार्षिक दुई महिना विदा पाउने चलन छ । उनी कहिले त्यही समयमा आउँछन त कहीले विदा साँचेर लामो समय नेपाल वस्ने गरि आउँछन् । उनको जिजिविसा यसरी नै चलिरहेको छ ।

फेसबुकले जुरायो लगनः
फेसबुक नहुँदो हो त उनले सायदै अहिलेको जीवन संगीनी पाउने थिए थिएन यसै भन्न सकिएन । सामाजिक सञ्जालमा फेसबुक भर्खरै सञ्चालनमा थियो । निकै लोकप्रियता हासिल गर्दै फेसबुकमा सबै जोडिदै थिए । फेसबुकमा साथीहरु जोडिने क्रम थियो तर तेम्बाको भने जीवन नै जोडियो । उनले फेसबुकबाट चिनेकासँग विहे गरे । सन् २०११ ताकाको कुरा हुँदो हो । पहिलो संविधानसभाका सभासद् लकी शेर्पासँग तेम्बाको चिनजान थियो । सामाजिक सञ्जालमा साथीपनि थिए । सभासद् लकी शेर्पा संखुवासभाका हुन् । संखुवासभावासीहरु उनीसँग सामाजिक सञ्जालमा मित्रता हुने नै भयो । सभासद् शेर्पाको साथीको सूचीमा एउटा नयाँ नाम र अनुहार देखियो । त्यो नाम र अनुहार पत्ता लगाएको दिन र समय याद गरेको हुँदो हो त ज्योतिष शास्त्र पल्टाएर हेर्नु हुन्थ्यो तर त्यो ख्याल भएन । नयाँ अनुहार ‘पलोमा शेर्पा, पेशा लेखा परीक्षक’ । नामै नयाँ, कुन बार जन्मेको शेर्पाको नाम चाँही पलोमा हुन्छ ? भन्ने जिज्ञासापनि थपियो । उनले साथीको लागि अनुरोध पठायो । अनुरोध स्वीकार्य भयो पलोमालाई, ‘नहोसपनि कसरी भाविले सँगैजिउने विताउने लखिदिएपछि ।’ पलोमासँग कुराकानी हुँदै गयो । एक जवान केटा र जवानी केटीवीच अन्तसंवाद नकारात्मक नै हुन्छ, यौन अश्लिलता नै हुन्छ भन्ने हैन । उनीहरुवीच सौहर्दपूर्ण, व्यवहारिक कुराहरु भए, चिनजान भयो । पछि वास्तविक नामपनि थाहा भयो पलोमा त मिङमा शेर्पा पो रहेछ । कुराकानी चल्दै गयो । फोन वार्तापनि अघि बढ्यो । त्यस्तैत्यस्तै…। पछि विदामा नेपाल आउँदा पलोमालाई फेसबुकमा चिनेको राम्रो साथीको नाताले मोवाइल फोन उपहार ल्याई दिए । त्यसपछि शुरुभयो ‘प्रेम चक्रव्यूह’ ! अनजान व्यक्तिले सिंगापुरदेखि मोवाइल उपहार ल्याईदिएपछि पलोमाको घरछरछिमेकमा पनि चर्चा चल्यो । हुँदाहुँदापछि वैवाहिक वन्धनमा बाँधिन पुग्यो । केहीसमयको फेसबुक मायाप्रित साटासाटपछि सन् २०११ म विवाह भयो र अहिले छोराका बुबाआमा बनेका छन् । सिंगापुरमै खुसीका साथ विताएका छन् । जीवनको एक अध्याय भनेकै सुखमय र खुसीसाथ विताउनुपनि हो । उनको जीवनपनि यस्तै पारिवारिक खुसीमा वितिरहेकै छ ।

मातृभाषा प्रेमः तलब काटेर शिक्षकलाई ६ हजार तलब
बाल्यकालमा सदरमुकाम आएपछि भाषा वोल्न नपाएको पीडाकै कारणले उनले आफ्नो गाउँको एक विद्यालयमा मासिक ६ हजार आफ्नो नियमति तलबबाट काटेर तलबभत्ता पाउने गरी शेर्पा भाषा पढाउने शिक्षकको व्यवस्था गरेका छन् । त्यो शिक्षकको तलब ९ हजार छ । बाँकी ३ हजार अरुले नै दिन्छन् । आफ्नो मातृभाषाको संरक्षण गर्ने हेतुले उनले नियमित रुपमा शिक्षकलाई तलब खुवाई रहेका छन् । सोलुखुम्बुदेखि झिकाएका शिक्षकले शेर्पा संस्कार, संस्कृतीक कुराहरुपनि सिकाउँछन् । जे होस्, परम्परा धान्ने काम गर्न उनले शिक्षा क्षेत्रमा गरेको योगदानले मूलकमै एक उदाहरणीय बनेको छ । राज्यलाई पनि दवाव नै पुगेको छ । उनको यो अभियान जारी रहनुपर्छ अब व्यक्तिले भन्दापनि राज्यले मातृभाषा अध्ययनसम्वन्धी नीति बनाएर प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्दछ । जसको पाठ तेम्वाले सिकाएका छन्, बाटो देखाएका छन् । भूकम्पपछि क्रियाशिलताः

वैशाख १२ र त्यसयताको विनासकारी भूकम्पले ठूलो मानवीय क्षति व्यहोर्नु पर्यो । उवेला उनी सिंगापुरमै थिए । टिभी, पत्रपत्रिका, अनलाइनका खबरहरुले नेपाल सखापै भयो भन्ने लाग्थ्यो । उनको विदापनि नजिक आईरहेको थियो । उनले भूकम्प पीडितलाई राहत दिने, पुनःस्थापना गर्ने योजना बनाए । नेपाल आए । दर्जनौं ठाउँमा राहत लिएर पुगे । भाग्यले ठागेका दिनदुःखीलाई पनि सहयोग गरे । कल्याण र सामाजिक कार्यमा दैनिक वित्यो ।

सामाजिक संस्थामा क्रियाशिलताः
‘जहाँ जाओ, जे गर तर यो मन त मेरो नेपाली हो ।’ भने झैं उनी सिंगापुरमा भएपनि समाजसेवाका लागि नेपाललाई नै सम्झिए । नेपालमा हुने विभिन्न सामाजिक संस्थामार्फत नियमित समाजसेवा गरे । उनी गाउँको सामान्य क्लबदेखि केन्द्रीय संस्थाका समेत सल्लाहकार छन्, केही आर्थिक सहयोग गरेपछि आजिवन सदस्य समेत बनाएका छन् । हिमालयन शेर्पा साँस्कृतीक केन्द्र, शेर्पा युवा संघ लगायतमा उनी आबद्ध छन् । समुदायमा हुने विभिन्न कार्यक्रममा उनले आर्थिक सहयोग गरे । उनी सामाजिक संस्था मार्फत आफ्नोपनको रक्षा गर्न चाहान्छन् अझ भनौं जातिको भाषा, लिपी, संस्कार, संस्कृतीलाई जिवित राख्ने अभियानमा उनी छन् । समग्रमा पहिचानलाई जोगाउनुपर्छ भन्ने पक्षमा छन् । यसै सन्दर्भमा हुने विभिन्न कार्यक्रममा उनी दिल खोलेर आर्थिक सहयोग समेत गर्ने गरेका छन् ।

मुलुकको राजनीति बारेः
राजनीति भन्ने वित्तिकै मुण्टो बटार्नेहरु धेरै भेटिन्थे । तर, तेम्वाले त्यसो गरेन । उनले मुलुकको शासन व्यवस्था समय अनुकुल नचलेको भन्दै दुःख व्यक्त गरे । विषयगत ज्ञान भएकाले राज्यको निकायहरुको प्रतिनिधित्व गर्दा समस्या नआउने उनको बुझाई छ । सबैको सम्मान हुनुपर्ने समेट्नुपर्ने कुरामा उनको पनि जोड रह्यो । मुलुकको अहिलेको अवस्थाप्रति धेरै गुनासो थियो उनको । उनी ‘मुलुकलाई अब सपार्नुपर्छ’ भन्छन् ।

सिंगापुरपछि नेपाल
सिंगापुर पुलिसमा रहर पुगेपछि अर्थात निवृत्तपछि नेपालमा आएर समाजसेवा गर्न चाहान्छन् । मुलुकको अहिलेको तिथिलाई सुधार्न अभियान चलाउने लक्ष्य, विशुद्ध समाजसेवा लाग्ने योजना छ । योजना त धेरै हुन्छन् तत्काललाई यति नै सार्वजनिक गरे ।

 दुई सुझावः
धेरै कुरा बुझेका उनले दुई कुरा समाजलाई सुझाए । प्रथमताः उनी मुलुकमै रोजगारीको अवस्था सिर्जना हुनुपर्नेमा जोड दिए । दक्ष जनशक्तिहरु विदेश पलायन हुने संस्कार अन्त्य हुनुपर्ने र त्यसतर्फ राज्यले सोच्नुपर्ने वेला आएको बताउँछन । दोस्रोः आर्थिक अवस्था सवलै भएकाहरुले मुलुकमै केही गर्नुपर्छ । आर्थिक हैसियत उकास्कदै विदेशतिर कुद्ने संस्कारको अन्त्य गरौं भन्ने नम्र निवेदन छ उनको ।

 हाम्रो दुई शब्दः
इमान्दार, मिलनसार र मनका धनी रहेछ तेम्वा शेर्पा । उनीसँगको कुराकानी र केही हिमचिमले यसलाई प्रमाणित नै गरे । दीर्घसोच राख्ने व्यक्ति रहेछन् उनी । समाज परिवर्तनमा भूमिका निभाउनुपर्छ भन्ने उनको देय रहेछ । उनलाई ‘आफू बाँचेर अरुलाई बचाउनेका अभियान्त भन्दा अतिस्यूक्ति नहोला ।’ उनको राम्रो पक्षको बारेमा चर्चा गरिरहँदा शब्दहरु अभाव होलान् । नेपाल समाज आजसम्म सहिष्णुता, सद्भाव र भाइचारमा अघि बढेको छ कारण तेम्वा शेर्पा जस्तो मानवहरु यही धर्तिको सेवा गर्न आएका छन् । तेम्वाका धेरै सपनाहरु रहेछन्, केही पूरा हुँदैछ, केही प्रक्रियामा छन् । उनको सोच, खोज र योजनाले सफलता पाओस्, उनको ज्ञान, विवेक र बुद्धिले सिर्जनशिलतामा जल थपियोस् शुभकामना ।

(लेखकः पत्रकार महासंघ ओखलढुंगा शाखाका सचिव हुन् । उनलाई cicpatle@gmail.com मा भेट्न सकिन्छ ।)