प्रवासी मजदुर संगठन (एमटियु) र कोरियन प्रजातान्त्रिक मजदुर महासंघ(केसीटियु )ले इपिएसको खारेजी र डब्लुपीएस प्रणाली लागु गर्न माग राख्दै आइतबार सउलमा र्याली तथा बिरोध सभा सम्पन्न गर्यो ।
बिरोध सभालाई सम्बोधन गर्ने वक्ताहरुले इपिएसले बिदेशी मजदुरको हक हितमा नभएको बताएका थिए । केसीटियुको कार्यबाहक अध्यक्ष छोय जोंग जिनले इपिएसले जुन किसिमले प्रवासी मजदुरलाई शोषण गरेको छ यो कोरियाबासीका लागि लाजमर्दो भएको बताए । बिदेशी मजदुरलाई बधुवा पशुको जस्तो व्यवहार भएको छ । हामी इपिएस खारेजीको माग गर्छो उनले भने ।

१० लाख भन्दा बढि बिदेशी कामदार भएको कोरियामा मजदुर अधिकार नभएको एमटियु अध्यक्ष उदय राईले बताएका थिए । उनले पनि इपिएस प्रणाली मजदुर मारा प्रणालीको रुपमा बिकास भएको बताएका थिए । ‘काम गर्ने कम्पनीमा यौन दुव्र्यवहार, गालीबेइज्जत हुन्छ । कम्पनी फेर्छु भन्दा पाइदैन । कस्तो नियम हो त यो ?’ उनले आक्रोश पोखे ।

बिरोध सभा सकिए पछि फोसिन्गाक देखि सउल क्षेत्रिय श्रम कार्यालय हुदै फेरी फोसिन्गाक पुगि बिरोध र्याली सम्पन्न भएको थियो ।

 

Fonij Korea