नेपलामा चौरीपालन व्यवसाय लोप हुने अवस्थमा पुगेको छ । पहिलेको तुलानमा लगभग ७० प्रतिशतले चौरीपालन व्यवसाय घटेको छ । अहिले हिमाली गाउँघरमा चौरी गोठ भेट्ना मुस्किल हुन्छ । बजारमा चौरीको दुधबाट उत्पादन हुने याक चिज,दुर्खा,छुर्पी,घ्यु जस्त दुग्ध पर्दथको अभव हुन थलेको छ । हिमाली क्षेत्रको चौरी चरण क्षेत्रहरु खाली भएको छ । चौरीपालन व्यवसाय सञ्चालन गर्ने कृषकहरु विदेश पलयन हुन्दै छ ।

कर्मारिञ्जी शेर्पा,भाद्र–९, रामेछाप

समुद्री सतहबाट २००० मिटर देखि ५००० मिटर सम्मको उचाईको हिमाली क्षेत्रमा हुने घरपालुव जनावर गाईलाई चौरी गाई भनिन्छ । चौंरी गाई गाईबस्तु लगायतका जनावरहरूको समुह बोभाईन प्रजातिको लामो लामो रौं हुने जनावर हो । चौरीगाई बिशेष गरी हल बढी मात्रमा दुई प्रजातिक व्यावसयीक रुपमा पालेको पाईन्छ । यसमा पनि क्रसको आधारमा भिन्नता पाईन्छ । पहाडी गाई र हिमाली याक गोरुबीच गर्भधारण गराउँदा, अथवा पहाडी गोरुसँग नाक गाईको प्रजनन भएर बसेको गर्भबाट चौंरीको जन्म हुन्छ तसर्थ यो याक वा नाक भन्दा फरक प्रकृतिको जनावर हो। तर याक वा नाकलाई पनि चौरी भन्दा उच्च प्रजातिमै समवेश गरिन्छ । पहाडी गाई र याकबीच गर्भधारण गराउँदा, अथवा पहाडी जोलाङ गोरुसित नाकको प्रजनन भएर बसेको गर्भबाट चौंरीको जन्म हुन्छ। याक र पहाडी गाई (किर्खोम्) बाट जन्मने चौंरीलाई ‘उराङ’ वा ’झोप्क्यो’ र पहाडी जोलाङ गोरुसँग नाकको सन्सर्गबाट जन्मने सन्तानलाई ‘डिम्जो’ वा ’झोप्क्यो’ भनिन्छ । डिम्जो चौरीगाई उराङ चौरीगाई तुलनामा बढी दुध दिने गर्दछ, तर झोप्क्यो (भाले) भने नपुंशक हुन्छ र भारी बोक्न काम प्रयोग गरिन्छ । चौंरी मुख्य दक्षिणी मध्य एसियाका देशहरू नेपाल, तिब्बतको पठार देखि उत्तरमा मंगोलिया तथा रुसका हिमली प्रदेशमा पाईने गर्छ । चौंरी गाई धेरै संख्यामा घरपालुवा जनावरको रूपमा पाईएता पनि कम र असुरक्षित संख्यामा जंगली जानवरको रूपमा पनि पाईने गर्छ । यसलाई मानिसहरूले मुख्यतया हिमाली क्षेत्रमा दुध उत्पादन, सामान ढुवानी तथा मासुको लागि पाल्ने गरेको पाइन्छ । त्यस्तै विशेष गरी नेपालको पुर्व पश्चिम डोल्पा, हुम्ला, मुगु, जुम्ला, मुस्ताङ्ग, मनाङ्ग, लम्जुङ्ग, गोरखा, सिन्धुपालचोक, दोलख, रामेछाप, सोलुखुम्बु, सखुवासभा, ताप्लेजुङ्ग, पाँचथर, ओखलढुङ्ग र रसुवाको हिमाली क्षेत्र पर्ने माथिल्लो मुख्य स्थानहरू चौरीगाईको पकेट क्षेत्र हुन ।

हिमाली क्षेत्रका मानिसहरुको मुख्या पेश नै चौरीपालन भएकाले तुलनात्मक रुपमा यहाँको जनजीवन कठिन भएको महशुस हुन्छ । हिमाली क्षेत्रका शेर्पा,गुरुङ्ग,तामाङ्ग लगयतका मानिसहरुको विगतको मूल पेशा चौरीगाई, घोडा र भेडा पाल्ने राडी पाखी बुन्ने तथा खेतीपाती पनि उनिहरु समुन्द्र सतह देखि अति उच्च स्थानको हिमाली भेगमा रहेको हुनाले आलु, वा, जौ, फापर र गहुँ नै प्रमुख खेतीको रुपमा रहेको देखिन्छ । त्यसैले यस स्थानमा बसोबास गर्ने मानिसहरुको संस्कृतिमा पनि चौरीको महत्व उल्लेख भएको पाईन्छ । पहिलेको मुख्य पेशा चौरीगाई पालन भएपनि पछि उनीहरु विस्तारै विस्थापीत हुदै तल्लो भेगमा सरेर धान, मकै, कोदो लगायतका खेती पनि लगाउन थालेका छन् । आजकल शेर्पाहरु गलैचा व्यवसय, निर्माण, व्यापार र पर्यटन क्षेत्रमा पनि राम्रै रहेको छन भने राजनितिक विषय देखि लिएर कयौं शेर्पाहरु सोचे जति नभएनि धेरथोर मात्र सबै पेशामा संलग्न रहेका पाइन्छन् । कयौं शेर्पा लगयत हिमाली क्षेत्रका मानिसहरु बास स्थानान्तरको क्रममा नेपालको कैयौं जिल्ला देखि लिएर विश्वकै कुना काप्चामा र ठुला ठुला शहरमा बसोबास गरिरहेका छन् । यी सबै रहरले नभएर राम्रो कमाइ र सहज जीवनको खोजीमा पलायन भएको देखिन्छ । त्यसकरण भबिष्यमा चौरी व्यवसाय लोप हुन सक्ने देखिन्छ ।
हिमाली चौरीपालन क्षेत्र संखुवासभा ,सोलुखुम्बु, दोलखा, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु र हुम्ला गरी १० वाट जिल्लामा सञ्चालन भएको एक मात्र हिमाल प्रोजेक्टको उच्च पहाड कृषि व्यवसाय तथा जीविको पार्जन सुधार हिमाली आयोजना अन्तर्गत स्वीकृत ६४८ ओटा उप आयोजना मध्ये चौरी पालन व्यवसायमा ५० ओटा मात्र समवेश भएको छ यसले पनि चौरीपालन व्यवसयमा मानिसको अकर्षन घटेको देखिन्छ । कृषि विकास मन्त्रालय, पशु सेवा विभाग अन्तर्गत सञ्चालित याक तथा चौरी विकास फार्म, स्याङवोचे, सोलुखुम्बुलाई हिमाली आयोजनाले चीनको स्वशासित प्रदेश तीब्बबाट ५ वाट याक र २५ वाट नाक गरी लगभग ६० लाख रुपियाँको आयात सम्झैता गरिएको देखिन्छ । यो भन्द अगडी पनि ४० याक आयात गरेका थियो तर याक नाकको संख्य बृद्धि हुनु पर्ने सट्टमा घटेको पाईन्छ । चौरीपालन व्यवसाय सञ्चालन गर्न सक्ने उच्च पहाडी र हिमाली क्षेत्रका १७ जिल्लामा दुग्ध विकास संस्थानले ७ वाट मात्रा चौरीको दुधबाट उत्पादन हुने याक चिज उत्पादन केन्द्र स्थापन गरिएको पाइन्छ । जसमा २००९ सालमा रसुवाको लाङ्गटाङ्ग, २०१३ सालमा रामेछापको थोदुङ्ग, २०१७ सालमा सोलुखुम्बुको पिके, २०२७ सालमा रसुवाको गोसाईकुण्ड, २०२८ सालमा दोलखको चोर्दुङ्ग , २०२९ सालमा रामेछापको क्यामा र दोलखको चंङ्खु याक चिज केन्द्र स्थापन गरि काम सञ्चालन गर्दै अएकोमा हाल क्यामा र चंङ्खु याक चिज केन्द्र पुर्ण रुपमा बन्दा भएको छ भने अन्य केन्द्रहरु पनि नजुक अवस्थामा पुगेको छ ।
चौरीको दुधबाट बन्ने याक चिज, छुर्पी, दुर्गा तथा अन्य दुग्ध पदर्थको बजारमा अभाव हुनु साथैे चौरीको दुधबाट सञ्चालन भएका निजी याक चिज डेरी तथा दुग्ध पदर्थ उत्पादन केन्द्रहरु बन्द हुन्दै जानु । चौरी व्यवसाय तर्फ मानिसहरुको अकर्षण घट्दै जानु र धेरै युवा जनशक्ति विदेश पलयन हुनु । नेपाल सरकारको मतहातमा रहेको पशु सेवा विभाग अन्तर्गतका कुनै पनि निकायमा चौरीको बिषयमा कुनै उल्लेख नहुनु । नेपालमा दुध उत्पादन गर्ने गाईको संख्या मात्र ७२,४३,९१६ मध्ये जम्मा याक,नाक तथा चौरी गाईको संख्य ७०,५८८ मात्रा हुनुको साथै लगभग बार्षिक रुपमा ५ प्रतिशतको दरले चौरीगाईको संख्य घट्दै गएको भेटिन्छ । जलवयु परिवर्तनको करण उच्च हिमाली भेगमा पानीको मुहनहरु सुक्दै जानु तथा मैसम परिवर्तनको करणले विभिन्न समस्यहरु देखा परेको छ । हल सञ्चालनमा रहेको याक चिज केन्द्रमा पहिलेको तुलनामा लगभग ६० प्रतिशतले चौरीको दुध घट्दै गएको छ भने हिमाली चौरी पालन हुने क्षेत्रमा संरक्षण क्षेत्र तथा निकुञ्ज घोषण हुन्दा बघ भालु तथा अन्य जनावरले चौरीगाई माथि अतंक मच्चाउने यी यथवत करणले गर्दा भबिष्यमा चौरीपालन लोप हुने देखिन्छ । सरकारले पशु बिमा गर्ने कार्याबिधि लिएको छ तर चौरीगाई हिमाली भीर पहाडमा चरण क्षेत्र भएकाले पशु बिमाले समेट्न सकेको छैन । रामेछापको उत्तरी क्षेत्रको गुम्देलमा चौरी ब्यवसाय गर्दै आउनु भएको मिङ्मार शेर्पा बताउनु हुन्छ पहिले रामेछापको गुम्देल,क्यामा गाउँमा मात्र लगभग प्रत्येक घरमा चौरीपालन व्यबसाय सञ्चालन गरेको हुन्थ्यो भने हल दुई चार घरमा मात्र चौरीपालन व्यबसाय सञ्चालनमा रहेको छ । यो व्यबसाय गर्न धेरै चुनौतिहरु छन् तर कुनै पनि निकायबाट सहयोग प्रप्ता भएको छैन । यहीँ अवस्थामा जाने हो भने भबिष्यमा यो व्यवसाय लोप हुने बताउनु हुन्छ । रामेछापको सविकको गा.वि.स. गुम्देल,चुचुर,बाम्ती र कुम्बुँ लगयत क्षेत्रमा चौरीपालन गरिन्छ ।

यसरी देश व्यापी रुपमा चौरीगाई पालन व्यवसाय लोप हुन्दा आर्थिक रुपमा देशलाई नै घटा लग्न सक्छ किनकि चौरीको दुधबाट उत्पादन हुने दुग्ध पदर्थ तथा अन्य कच्च पदर्थहरु उत्पादन हुन सक्दैन । त्यस्तै पर्यटन व्यवसयमा पनि ह्रास आउन सक्छ । बेलबेलामा दोलख, तप्लेजुङ लगयतको स्थानमा चौरी महोत्सब हुने गर्दाछ तर बर्षेनी रुपमा चौरीको संख्या घट्दै जाद महोत्सवले कुनै महत्व पउन सकेको छैन । हिमाली पहिचानसंग जोडिएको चौरी गाईको दुधबाट बनेको छुर्पी, दुर्खा, याक चिज, घ्युउ, पनिर तथा दुग्धजन्य पदर्थको उत्पादन घटेको छ । ताप्लेजुङ्ग जिल्लाका पाँचवटा गाउँपालिकामा रहेका चौरी गोठबाट उत्पादन गरिने छुर्पी, दुर्खा, घ्यु, पनिर जस्त दुग्धजन्य पदर्थको पछिल्लो समय उत्पादनमा गिरावट आएकाले सदरमुकाममा समेत पाउन मुस्किल भएको छ । जिल्लाको सबैभन्दा बढी चौरीपालन हुने फक्ताङ्लुङ र याङ्वरक गाउँपालिकाका अधिकांस गोठहरुमा काम गर्ने कामदार नहुँदा गोठ हट्दै गएको र बाँकि गोठबाट उत्पादन गरीएको दुग्ध पदर्थले मागलाई धान्न नसक्दा बजारमा बढि चौरीको घ्यु, छुर्पी सटेज हुने गरेको गोलाका छुर्पी व्यापारी दोचि शेर्पाको भनाइ छ । पहिलेको तुलनामा चौरीपालन व्यवसाय पनि कम भएकाले चौरीको दुधबाट बन्ने कच्च पदर्थको अभव हुन सक्ने पर्यटन व्यवसायी हर्कराज गुरुङको भनाइ छ । जिल्लाको साविकका पापुङ, ओलाङचुङगोला, लेलेपको घुन्सा, याम्फुदिन, कालिखोला लगायतका एक दर्जन गाउँ विकास समितिबाट बढी चौरीपालन हुने गर्दछ । हाल गोठमा काम गर्ने कामदार नपाईदा ती गोठका चौंरी गाई विक्री वितरण समेत तिब्बततर्फ गर्ने गरेका कारण अहिले चौरी व्यवसाय सङकटमा परेको हिमाली चौरीपालन क्षेत्रको स्थानीयहरुको भनाइ रहेको छ । नेपालमा उत्पादन हुने चौरीगाईका याक चिज, छुर्पी, दुर्खा, घ्युउ, मखन, पनिर अदि स्वादिष्ठ र स्वास्थ्यको लागि राम्रो हुने हुँदा कोशेलीका रुपमा विभिन्न देश तथा विदेशमा चौरी गाईको छुर्पी लाने गरेका छन् ।
नेपालको उच्च हिमाली क्षेत्रमा उत्पादन हुने चौरीगाईको दुग्ध पदर्थहरु जापान, अमेरिका, हङकङ बेलायतमा समेत प्रख्यात रहेको छ । तर चौरीपालन व्यवसाय घटेपछि उत्पादन घटेर मूल्य बढेको छ । अहिले चौरीको घ्यु प्रतिकिलो एक हजार रुपैयाँसम्म पुगेको छ भने याक चिजा प्रतिकेजी चौध सयमा किन बेच हुन्छ । पहिले प्रतिकिलो पाँच र छ सय रुपैयाँमा पाईने गरेको थियो ।