पासङ ल्हमु गाउपालीका सोलुखुम्बुका अध्यक्ष ङिमदोर्जी शेर्पाले पर्यटकहरुको लागी स्मार्ट कार्ड लागु गरिने बताउनुभएको छ । उहाले खुम्बु क्षेत्रमा पर्यटकहरु बेलाबेला हराउने र सुरक्षामा समेत चुनौती भएकाले स्मार्ट कार्डको प्रकृया अगाडी बढाएको बताउनु भएको हो ।

उहाले खुम्बु पासङ ल्हमु गाउपालीका १ नम्बर प्रदेशकै सबैभन्दा पहिला परिषद सम्पन्न गराउने गाउपालीका भएको दाबी समेत गर्नुभयो । साथै उहाले सिजनमा मात्र उडान गर्ने उड्यानकरणहरुलाई नियन्त्रण गरी नियमित उडान गर्नका लागी आफ्नो मुख्य जोड रहने बताउनुभयो । अध्यक्ष शेर्पाले यातयात,स्वास्थ्य,शिक्षा लगायत आफुले घोषणा पत्रमा उल्लेख गरेका कुराहरुलाई पुरा गर्नमा आफु सदैव लागी पर्ने बताउनुभयो ।

– solufm