टासिदेलेक सबैलाई ।।। शेर्पाहरूकाे रू सम्बन्धमा अग्रजहरूले निकाल्नु भएकाे तथ्यांक अध्ययन गरेँ जहाँ अाफैले लेख्दै अाएकाे रू ” ङाेम्बा” भेटाईन । सायद छुटेकाे हाेकि नभएकाे।। मैले पनि याे सम्बन्धि थाेरै अध्ययन गरेकाे छु कृपया सल्लाह दिनुहाेला गल्ति पनि हुनसक्छ ..

नेपालको विशेष गरी उच्च हिमाली तथा पहाडी क्षेत्रहरुमा परापूर्व कालदेखि स्थायी रुपमा बसोवास गरी आएका मुख्य जातीको रुपमा शेर्पा जातीलाई मानिन्छ ।

लेखक- फुर्निमा शेर्पा, माली दोलखा

शेर्पा जातीको परिचय क्रमलाई नियालेर हेर्दा परापूर्वकालमा भोटको जिल्ला (खाम) बाट १५ वटा स्थानहरु १)ग्यारुङ्ग, २)तआएक, ३)तर्सेन्दु, ४)श्यिरिंग, ५)गोलेक, ६)टिईउ, ७)आम्दोक, ८)क्ष्याम्दोक, ९)मेङ्या, १०)बोओपा, ११)लेथाङ, १२)कोंबु, १३)खामदिगर्, १४)गेथोग र १५)नाङक्षिका मध्ये ५ वटा खामको स्थानबाट खामदिर्ग, आम्दोक, ग्यारुङ्ग, गेथोग, मेङ्याबाट क्रमशः मिङ्याक्पा, लामा, थिम्मिवा, सेर्तवा तथा चावा नाम गरेका ५ जना व्यक्तिहरु स­परिबार बसाई सराईको क्रममा छुट्टा छुट्टै ५ वटा हिमालको फेदिबाट वेपालको पूर्वि उच्च हिमाली भेगमा सर्न थालेपछि पूर्वेली हुन गएको तथ्य भेटिएको छ । पूर्वलाई शेर्पा भाषमा “श्यार”, पश्चिमलाई “नुप”, उत्तरलाई “च्याङ” र दक्षिणलाई “ल्हो” भन्ने गरिन्छ । त्यसैले शेर्पा भाषमा पूर्वको अर्थ श्यार र पूर्वेली को अर्थ श्यार्वा भन्ने हुन्छ । त्यसकारण त्यही श्यार्वा(पूर्वेली) भन्ने शब्द नेपालीमा परिणत भई एउटा पर्यायबाची शब्दको रुपमा विकसित हुन गएको हो । शेर्पा जाती मंगोल वर्गमा पर्दछ त्यसैले शेर्पाको पेशा, धर्म, संस्कृति, लिपी तथा वंशानुगत गुण मंगोलियनसंग धेरै हद सम्म मिल्दो जुल्दो देखिन्छ । पेशागत रुपमा शेर्पाहरु चौरी पाल्ने, व्यापार गर्ने, खेतीपाती गर्ने तथा पर्यटन व्यवसायमा संलग्न रहेको पाईएको छ । धर्म संस्कृति जोगाउन ठाउठाउमा लहरे माने, गुम्बा, बौद्ध, स्तुप बनाउने तथा जुनसुकै कार्यमा पनि लामाद्धारा पाठ पुजा गराउने प्रचलन शेर्पा जातिमा चल्दै आईरहेको छ ।
१)मिङ्याक्पा, २)लामा, ३)थिम्मिवा, ४)सेर्तवा र ५)चावा आएको र उक्त ५ जनाको मूल थरलाई नै शेर्पाहरुको “गोत्र” भन्ने गरेको छ । यी ५ वटा मूल गोत्रबाट उपथर(रु)हरु यसरी बिभाजन भएको मानिएको छ । यसै क्रममा पछि गएर विभिन्न स्थानअनुसार अन्य उपथरहरु पनि नामाकरण गरिएको हुनाले ति निम्न अनुसार छनः­
क्ष्यु शेर्पा, नावा, ल्हुकपा, श्याकी खम्बा, मुल्मीछो, रिप्तोमी, मुलिमी, ओन्दमी, रिमुञ्जी, पयामी, क्ष्योर्केमी, कांकी, सलगा ज्युंकी, सलगा, श्यवाङ युकपा, नेचुङा, श्यावाङखम्बा, किरुङखम्बा, खापा, मेन्देवा, जस्ता उपथरहरुले विभिन्न नेपाल अधिराज्यभर पहाडि इलाका तथा सहर वजारमा शेर्पाको नाम परिचय गराउछ ।
गोत्रबाट थर(रु)हरु यसरी नामाकरण भएको छ ।

१) मिङ्याक्पाका सन्तानहरु ः­
क) खाली जग्गा नाङ्गै पाखा पखेरामा वसोवास गर्नेलाई “पाँगरमा” ।
ख) शिरान टोलमा वसोवास गर्नेलाई “गोले” ।
ग) भिरमुनि वसोवास गर्नेलाई “ठाकतो”
घ) चौतारो पछाडि वसोवास गर्नेलाई “फिनासा”(पिनासा) ।
ङ) रकामी काम गर्नेलाई “गोर्चा” (गार्जा) भनिन्छ ।
यी माथिका ५ थरी थर(रु) भएका सन्तानहरु एउटै परिवारका भएकाले यिनीहरु स्वागेभाई(दाज्युभाई) मानिएको हुनाले विहावारी नचल्ने प्रचलन रहिआएको छ ।

२) लामाको सन्तानहरु ः­
क) पुर्खौँदेखि गाउमा लामा(पुरेत) गरी बस्नेलाई “लामागान्वा” (लामागोन्वा) ।
ख) नेपालको पूर्वी क्षेत्रबाट बसाई सराईको क्रममा घुम्दै फिर्दै लामा गोन्वाको समिपमा आई दुबै ङिङमापा सम्प्रदायको लामा भएको कारण उनलाई “श्यरकी लामा” (लामासरपा) भनिन्छ ।
यी माथिका २ थरी थर(रु) भएका सन्तानहरु एउटै परिवारका भएकाले यिनीहरु स्वागेभाई(दाज्युभाई) मानिएको हुनाले विहावारी नचल्ने प्रचलन रहिआएको छ । र यसमध्ये लामासरपालाई श्रेष्ठ लामाको रुपमा मानिन्छ ।

३) थिम्मिवाको सन्तानहरुः­
क) ज्वालामुखी विस्फोट भएर उम्लेको(बनेको) ठाउमा बसोबास गर्नेलाई “सल्हाका”(सलागा) ।
ख) एउटै घरको ३ द्धारमध्ये बीचद्धारको ढोका भएकोमा बस्नेलाई “गोपर्मा” ।
ग) सोलु जिल्लाको टकसिन्धाकोे सेरोफेरोमा बस्नेलाई “ल्हाकसिन्धो” ।
घ) भोटकै किरुङ खम्बाहरुको समुहमा बस्नेलाई “खम्पचे” भनिन्छ ।
यी माथिका ४ थरी थर(रु) भएका सन्तानहरु एउटै परिवारका भएकाले यिनीहरु स्वागेभाई(दाज्युभाई) मानिएको हुनाले विहावारी नचल्ने प्रचलन रहिआएको छ ।

४) सेर्तवाको सन्तानः­
ग्ुाम्बाको जुनसुकै पुजापाठ गर्दा बाजा बजाउन अति सिपालु भएको कारण यसको सन्तानलाई “ङोम्बा” भनिन्छ । यसको स्वागेभाई नभएकाले जोसुकै संग पनि कुटुम्बा चलाईन्छ ।

५) चावाको सन्तानः­
सबभन्दा पुच्छार टोल(चावीयुल्ला)मा वसोवास गर्नेलाई “च्यावा” भनिन्छ । च्यावाको पनि स्वागेभाई नभएका कारण जोसुकै संग कुटुम्बा चलाईन्छ ।
त्यस्तै अन्य थरहरुलाई पनि यसै अनुसार नामाकरण गरिएको सर्वबिदित्तै छ । जस्तैः बौद्ध बिहार वरिपरि बस्नेलाई “क्ष्योर्केमी”, मछिनोको बन फडानी गरि वसोवास गर्नेलाई “पयामी”, चतुरीय मान्छेलाई “रककापी”(रिप्तोमी), पुर्वेली भोटेलाई “श्यकी खम्बा”, पानी उम्रिने सिम छेउ बस्नेलाई “क्ष्युसेरपा” आदि भन्ने प्रचलन रहेको छ ।
शेर्पा शेर्पा बिच बिभेद कसरी भयो त ?

माथि उल्लेखित बिबिध ठाउँमा बसोबास गरेअनुसार त्यस्तै प्रकारले शेर्पा जातीहरुको थर(रु) गरिएका तथ्यहरु धेरै छन । शेर्पा शेर्पामा पनि कुनै झर्रो र कुनै ्यहेन्बा भनेर तुच्छ दृष्टिकोणले हेर्ने परिपाटी सरासरी गलत प्रथाको रुपमा रहेको देखिन्छ । एउटा स्मरणीय कुरा के छ भने ठाउँ, टोल बाबु बाजेको थात थलो पत्ता नलागी बिर्सेका सोझा सिधाहरुलाई टाठा बाठा र जान्ने बुझ्नेहरुले तल्लो दर्जामा राख्ने गरेका छन । तल्लो दर्जामा राखेतापनि तिनीहरुले अन्य कुनै धर्म संस्कारको लिपी लिएर बौद्ध धर्मलाई लोप गराएको भने कतै पनि पाईएको छैन । आखिरी धर्म, भाषा, भेष, भुषाहरुमा ९८ प्रतिशत मिल्दो जुल्दो नै छ भने २ प्रतिशतले भने गाउँ, टोल छिमेकीको संगतले गर्दा भाषा, शैली, पोशाकमा केही परिबर्तन रहेको पाईन्छ । यसको कारण को भन्दा को कमको पाराले नत जान्ने बुझ्नेले नजान्नेलाई सिकाउछ, नत नजान्नेहरुले जानेको बुझेको हरुसंग सिक्ने काम गर्छ ? त्यसकारण ठाउँ अनुसार केही भिन्नता भने रहेको छ । तर लोक संस्कृति भने त्यती फरक भएको पाईएको छैन । यसमा पिता पुर्खाहरुले बताए अनुसार कै थर(रु) तथा गोत्रहरु उतारिएको छ । यसरी आफ्नो भाषा, संस्कृति तथा भेषभुषाको जर्गेना गर्न अहिलेका युवा पुस्ताले आ आफ्नो स्थानबाट लागि पर्नु पर्ने हुन्छ, जातिएतामा बिभेद गर्नु हुँदैन ।

दोलखा जिल्ला यलुङ गाउँमा जन्मनु भएका तेम्बारिन्जी र बाबुक्ष्योतेफिन्जु पाँगरमा तिब्बतको १५ वटा खाम स्थान मध्ये खामदिर्गमा पर्ने पेन्सुम, देबुङ, तजाङ्ग, लोसालिङ, आदि ठाउमा याक, नाक, भेडा, घोडा, चौँरी र च्याङ्ग्रा आदि ब्यापार गर्न जाने भएकाले उहाहरुले बताए अनुसार नै उक्त ठाउँहरु र थर गोत्रको बारेमा थाहा भएको पाईएको छ ।
“शेर्पी ग्यु , शेर्पा वंशावली एक परिचय”बाट
फुर्निमा शेर्पा, माली दोलखा