ताप्लेजुङको घुन्सामा स्वास्थ्यचौकी भवन निर्माण गर्ने अभियानकाे लागि याङ्जोम शेर्पालाई सोमबार शेर्पा संघ इजरायलले ४० हजार सहयोग रकम हस्तान्तरण गरेको छ । याङ्जोमको अभियानमा संघका प्रथम उपाध्यक्ष छिरिङ डोल्मा शेर्पाले काठमान्डाैमा उक्त रकम हस्तान्तरण गरेको हो । उद्घोषण क्षेत्रमा लागेकी याङ्जोम शेर्पाले घुन्सामा स्वास्थ्य समस्याका कारण आमा लगायत धेरैले अकालमै ज्यान गुमाएपछि जसरी पनि स्वास्थ्यचौकी निर्माण गर्ने लक्ष्य राखेर अभियान चलाएकी थिइन् ।

इजरायलमा कार्यरत शेर्पा समुदायहरुले सन २०१० मा स्थापना गरेको संघले देशमा आपत बिपत पर्दा सहयोग जुटाउदै आईरहेको छ ।