काठमाडौं । मधेसका जनता बाढीका कारण शोकाकुल बनिरहँदा राजपा नेता बबरमहलतिर कथा कहानी सुनाएर हट्टहास गरिरहेको भेटिए । पार्टी अध्यक्ष महन्थ ठाकुरले कार्यसमितिका सदस्यलई यसरी कथा सुनाउँदै हँसाए कि हलै थर्कियो । कार्यसमितिका सदस्यले आक्रोश पोख्दै भने, ‘वर्तमान अध्यक्ष मण्डल आफूलाई स्वर्गलोकदेखि मृत्युलोकसम्म आफूलाई अजर अमर बनाउन खोजेको हो ? ’ ती सदस्यले आक्रोश पोखेपछि महन्थ ठाकुर, राजेन्द्र महतो,हले गल्ती स्वीकार गरे । महन्थले भने, ‘हो हामीले हतारमा विधान बनायौं । निर्वाचन आयोगलाई बेलैमा विधान बुझाउनु पर्ने बाध्यतालाई बुझिदिनुहोला ।’ महन्थले यसो भनिरहँदा राजेन्द्रले टाउको हल्लाइ रहे ।

यसपछि केही क्षण रोकिएका उनले कथा हाली हाली हसाए । ‘कएजना मान्छे बेहोस भएर मर्न लागेछ । उसलाई आयुर्वेदको चिकित्सककहाँ पुर्याइयो । बैद्यले दिए एक मकरध्वज बुटी । जुन बुटी सेवन गरेपछि कोमामा गएको बिरामीले पुनर्जीवन पायो । त्यसपछि त के चाहियो अजर अमर बुटी पाएँ भन्दै त्यही मान्छेले फेरि सोही मकरध्वज बुटी खायो । तर, बुटी सेवन गरेको केही समय नबित्दै उ पुन बेहोस भयो । आत्तिदै उनका आफन्त बैद्यकोमा पुगे । बैद्यको राय थियो, ‘मकरध्वज बुटी बिरामीले मात्रै सेवन गर्न मिल्छ, निरोगीले खायो भने सिधै माथि पुग्छ । ’
कथा टुंग्याएसँगै महन्थेले राजपाको विधान उही मकरध्वज बुटी जस्तै भएको उपमा दिँदा हलमा हाँसो गुञ्जिएको हो ।

–जनआस्था साप्ताहिकबाट