साउन ०६-काठमाडौ , यो वर्ष  पर्यटन क्षेत्रमा पुयाएको योगदानको कदर स्वरुप समाजसेवी तथा पर्यटन ब्यवसायी डेन्डी शेर्पा सम्मानित भएको छ । गन्तव्य नेपालको १३ औं बार्षिक सभाको अवसरमा प्रदान गरिएको कार्यक्रममा नेपालको पर्यटन क्षेत्र साथै अन्य विधामा पनि सेवा प्रवहा गर्न सफल पर्यटन ब्यवसायीहरुलाई कदर पत्र सहित सम्मान गरेको थियो । सोलुखुम्वुको टाप्टिङमा जन्मेका डेन्डी शेर्पा पर्यटन तथा सामाजिक कार्य दुवैमा क्रियाशिल छन । उनी विगत लामो समयदेखि मानवीय यात्रा नेपालमा नामक टे«किङ कम्पनी र बाल अपांग टेवा संस्थाद्धारा समाजिक क्षेत्रमा काम गरी रहेका छन । आफनो जिवनमा धेरै आरोहअवरोह खेप्दै जिवनको यो क्षणसम्म आइपुग्दा सफल र सक्षम छन ।

निम्लेकी शेर्पा