ए डी शेर्पा

यो शोर्के (བཤོར་བཀྱེ། श्योर्के) भन्ने नाम नसुनेको शेर्पा सायदै छैनन् होला। कहीँकतै यिटु (ཡིད་སྤྲུལ། यि-टुल्) पनि भन्ने गरिन्छ। शोर्के के हो, यो कसरी गरिन्छ, यसको बिशेषता के हो भनेर सायद कत्तिलाई थाहा नहोला पनि। हाम्रो संस्कारमा यसको भुमिका र महत्व के कत्ति छन् भनेर केही शब्दमा वर्णन गर्न असम्भव जस्तै छ। तर म यहाँ जसको सामान्य ज्ञान वा जनाकारी राख्न चाहन्छु। जहाँ त्रुटिहरु भएमा सुधारका लागि अनुरोध पनि गर्दछु।

प्राय गुरुहरूलाई वन्दन, ठूलाबडा र पहुनाहरू आदिलाई प्रशंसा वा सम्मान स्वरूप शोर्के गर्ने गरिन्छ। जहाँ प्रचलितमा आएको (शोर्के) तिन प्रकारका छन्। जुन प्राय अहिलेको उच्चारण अनुसार लेख्दाः

१. ग्यगर् पेन्क्षेन् बोद् ल कठिन्क्षेन्।
पेमा ज्युङ्ने कुला देठोङ् मे।
थह्-त ल्होनुब् शिन्पोइ खनोन् जेद्।
ओर्गेन् रिन्पोक्षेला दुची छ्योपा बुल् लो।

यो वन्दनाको प्रणिधान (प्रार्थना) १३ औं शताब्दीमा धर्मगुरु मेन्लुङ्प मिग्युर दोर्जे ज्यूले कथित गर्नु भएको थियो। उहाँ ञिङमा सम्प्रदाय अन्तर्गतको एक महान् विद्धान हुनुहुन्छ।

२. तेन्पी पलग्युर् लामी श्यब्पे तेन्।
तेन्जीन केवुइ सतेङ् योङ्ल ख्यब्।
तेन्पी जिनदग् ङदङ् ज्योरवा ग्ये।
तेन्प युनरीङ् न्येपर् दुची छ्योपा बुल् लो।

यो वन्दन वा सम्मानको प्रणिधान (प्रार्थना) १६ औं शताब्दीमा कथित भएको हो। जहाँ ४ ओटा पंक्ति वा हरफहरु भएकोमा पहिलो २ हरफ चाहि सक्योङ् टासीले धर्मगुरु दलाई लामालाई वन्दन स्वरूप कथित गर्नु भएको थियो भने पछिल्लो २ हरफ चाहि दलाई लामाले सक्योङ् टासीलाई सम्मान वा प्रशंसा स्वरूप कथित गर्नु भएको थियो।

(जसमा सक्योङ् टासी एक दानपति व्यक्ति हुनुहुन्छ। उहाँको बौद्ध धर्म बिस्तारमा धेरै ठूलो योगदान रहेको छ।) (दलाई लामा जो (3rd) तेस्रौं अवतार (सोनाम ग्यछो, 1543-1588) हुनुहुन्छ। उहाँलाई दलाई लामा (तह्-ली लामा) भन्ने नामले सम्बोधन त्यस बेला मंगोलका राज अल्तेन खङ् ले गरेका थिए। तह्-ल मंगोलियन भाषा हो जसको अर्थ समुन्द्र वा विशाल हुन्छ। त्यसपछि अहिले सम्म वा अहिले हुनुहुने (14th) चौधौं तह्-ली लामा (तेन्जीन ग्यछो 1934-) सबैलाई तेही नामले पनि सम्बोधन गर्ने गरिन्छ।

३. मासम् ज्योदमे शेरब् फरोल् छ्यिन्।
मके मिगग् नम्खी ङोवो ञिद्।
सो सोर् रङरिग् येशे च्योयुल् वा।
दुसुम् ग्यल्वी युमल दुची छ्योपा बुल् लो।

यो वन्दना वा प्रशंसा चाहि सिदार्थ गौतम बुद्धको पुत्र राहुलले आमालाई सम्मान स्वरूप कथित गर्नुभएको थियो। (जुन प्रज्ञापारमिता सुत्रमा उल्लेख छ।) यो शोर्के सदियौं कालदेखि हाम्रो संस्कारमा चलिआएको छ। सायद शेर्पा सबैले यो वाचन गर्न सक्छन्। हामीले हाम्रो संस्कारलाई कत्ति जोगाई राखेका छौं भन्नेमा यो एउटा जिउँदो उदाहरण सवित हुन सक्छ। तर बिडम्बना जसमा कतै उच्चारण त कतै शब्दमा नै त्रुटिहरु भएको देख्दा लाग्छ कि हामीले आफ्नै सम्भोट लिपिलाई वेवास्ता गरेको एउटै प्रतिफल हो। जहाँ हामी उच्चारण गर्नमा पनि असफल भइरहेका छौं। शब्द त के उच्चारण नै सहि नहुँदा पनि जसको अर्थ नै नलाग्ने वा अर्थ उल्टो हुने सम्भावना समेत रहेको हुँदा सबैले यता पनि अलिकति ध्यान दिने कि ?
རྒྱ་གར་པཎ་ཆེན་བོད་ལ་བཀའ་དྲིན་ཆེ༔
པདྨ་འབྱུང་གནས་སྐུ་ལ་འདས་གྲོངས་མེད༔
ད་ལྟ་ལྷོ་ནུབ་སྲིན་པོའི་ཁ་གནོན་མཛད༔
ཨོ་རྒྱན་རིན་པོ་ཆེ་ལ་གསོལ་བ་འདེབས༔
(ཨོ་རྒྱན་རིན་པོ་ཆེ་ལ་བདུད་རྩིའི་མཆོད་པ་འབུལ་ལོ།།)
ग्यागर् पण्छेन बोद् ल काड्रिन् छे।
पद्म ज्युङ्नस् कु ल दस् ठ्रुङ् मेद्।
द त ल्होनुब् स्रिन्पोयि खनोन् जद्।
ओर्ग्यान् रिन्पोछे ल सोल् व देब्स्।
(ओर्ग्यान् रिन्पोछे ल दुद् चियि छोद्प बुल् लो।)

བསྟན་པའི་དཔལ་གྱུར་བླ་མའི་ཞབས་པད་བརྟན།།
བསྟན་འཛིན་སྐྱེས་བུས་ས་སྟེང་ཡོངས་ལ་ཁྱབ།།
བསྟན་པའི་སྦྱིན་བདག་མངའ་ཐང་འབྱོར་བ་རྒྱས།།
བསྟན་པ་ཡུན་རིང་གནས་པའི་བཀྲ་ཤིས་ཤོག།
(བསྟན་པ་ཡུན་རིང་གནས་པར་བདུད་རྩིའི་མཆོད་པ་འབུལ་ལོ།།)
तान्पयि पल्ग्युर लामायि शब्स पद् तान्।
तान्जीन् क्येस् बुस सतेङ् योङ् ल ख्यब्।
तान्पयि ज्यिन् दाग् ङ थङ् ज्योर व ग्यास।
तान्प युन रिङ् नास् पयि ट्राशिस् शोग्।
(तान्प युन रिङ् नास् पर दुद् चियि छोद्प बुल् लो।)

སྨྲ་བསམ་བརྗོད་མེད་ཤེས་རབ་ཕ་རོལ་ཕྱིན།།
མ་སྐྱེས་མི་འགག་ནམ་མཁའི་ངོ་བོ་ཉིད།།
སོ་སོར་རང་རིག་ཡེ་ཤེས་སྤྱོད་ཡུལ་བ།།
དུས་གསུམ་རྒྱལ་བའི་ཡུམ་ལ་ཕྱག་འཚལ་ལོ།།
(དུས་གསུམ་རྒྱལ་བའི་ཡུམ་ལ་བདུད་རྩིའི་མཆོད་པ་འབུལ་ལོ།།)
म्र सम् जोद् मेद् शेस् रब् फरोल् छ्यिन्।
म क्येस् मि गाग् नम्खायि ङोवो ञिद्।
सो सोर् रङरिग् ये शेस् चोद् युल् व।
दुस् सुम् ग्यल्वयि युम् ल छ्यग् छल् लो।
(दुस् सुम् ग्यल्वयि युम् ल दुद् चियि छोद्प बुल् लो।)