सोलुखुम्बु, १५ असार
सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा नेकपा माओबादी केन्द्रका उम्मेद्धारहरुले विजयी हासिल गरेका छन् ।
जिल्लाको डाँडापारिको क्षेत्रको रुपमा चिनिएको लिखुपिकेमा अध्यक्षमा डम्बर बहादुर बस्नेत १ हजार १ सय ३६ मत र उपाध्यक्षमा प्रमिला बस्नेत कार्की १ हजार ४२ मत सहित विजयी भएका हुन् । बस्नेतले नेपाली कांग्रेसका राम बहादुर बस्नेतलाई ३७६ को मत अन्तरले जित हात पारेका हुन् भने उपाध्यक्षमा विजयी प्रमिला बस्नेतले कांग्रेसकी मिनादेवी कार्कीलाई २१४ मत अन्तरले पछि पादै जित हासिल गरेकी हुन् ।
माओबादी उम्मेद्धारले मतगणनाको शुरुवात देखिनै अग्रता लिईरहेका थिए । ५ वडा मध्ये दुई वडा वडामा कांग्रेसका उम्मेद्धार विजयी भएका छन् । वडा नं १ मा ङवाङ लाक्पा शेर्पा र वडा नं ५ मा ङिमाछिरी लामा विजयी भएका छन् । त्यस्तै, सोहि गाउँपालिका वडा नं २ र ३ मा माओबादी केन्द्रको प्यानलै विजयी भएका छन् । वडा नं २ मा रमेश कुमार बस्नेत र वडा नं ३ मा ईन्द्र बहादुर बस्नेत सहित प्यानलै निर्वा्चित भएका हुन् । भने वडा नं ४ मा भने नेकपा एमालेका उम्मेद्धारले जित हासिल गरेको छ । सो वडामा डिहक्मत बहादुर बस्नेत उम्मेद्धार बनेका थिए ।
अन्य सात स्थानीय तहमा मतगणना भईरहेको छ । गणना जारी रहेको रहेको दुधकोशी र महाकुलुङ गाउँपालिकामा माओबादी उम्मेद्धारले अग्रता लिएका छन् भने सोलुदुधकुण्ड नगरपालिका र सोताङ गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेद्धारले अग्रता लिईरहेका छन् । खुम्बु पासाङल्हमु र दुधकौशिका गाउँपालिकामा भने विहिबार साँझवाट मात्रै मतगणना शुरु भएको छ । मतपेटिका समयमै गतगणनास्थल पु¥याउन नसकेपछि गणना ढिला भएको मुख्य निर्वाचन अधिकृत प्रकाशचन्द्र अधिकारीले बताए ।

 

स्रोत ः हिमाल एफ एम