१४ असार, अर्घाखाँची । अर्घाखाँचीका धेरैजसो मतदान केन्द्रमा अर्घाखाँचीबासीहरु छाता ओडेर लाईनमा बसी मतदान गरिरहेका छन।विहानैदेखि सिमसिम पानी परेपनि उत्साहका साथ जिल्लाबासीले मतदान गरिरहेका छन ।बिहान ७ बजेदेखि अर्घाखाँचीका सबै मतदान केन्ऽमा शान्तिपूर्ण रूपमा जिल्लाभर नै मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोख्रेलले बताए ।यसैवीच अर्घा रज्स्थलमावी अर्घाबाट पूर्व उपप्रधानमन्त्री तथा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी, पूर्व राज्यमन्त्री रेवती प्रसाद भुसाल, अर्घाखाँची आवासीय मावी बेलबाटीकाबाट पूर्ब मन्त्री मानबहादुर विकले मतदान गरेका छन ।कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले सन्धिखर्कमा रहेको बालमन्दिर मतदान केन्द्रबाट मतदान गर्दैछिन् ।जिल्लाबासी सिमसिम पानी परे पनी उत्साहका साथ मतदान गर्न बिहानैदेखि लाइनमा बसिरहेका छन ।