८ असार, सोलुखुम्बु – बर्षासँगै आएको भेलले बगाउँदा दुधकौशिका गाउँपालिका, नेलेमा दुई बालबालिकाको मृत्यु भएको छ । बिहिबार विद्यालयवाट घर फर्कने क्रममा खहरे खोलाको भेलले बगाउँदा बर्ष ८ की रोशना बस्नेत र बर्ष ७ का सागर कटुवालको ज्यान गएको प्रहरी निरिक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए ।

दुवै जना बालबालिकाको शब बगाएको स्थानवाट करिब पाँच सय मिटर तल भेटिएको थियो । नेलेस्थित हिमशिखर बोर्डिङ स्कुलमा रोशना कक्षा २ मा र सागर एलकेजीमा पढ्दै थिए ।
बिहिबार दिउँसो सोलुखुम्बुको विभिन्न स्थानमा भारी बर्षा भएको थियो । बर्षाका कारण खोलाहरुमा बाढी आउनुका साथै बाटोसमेत हिलाम्मे भएको छ ।

 

Source:solukhumbu samachar