शेर्पाहरु विशेष गरि राजनीतिमा खासै रुचि देखाएको देखिदैन । जसमा पनि शेर्पा महिलाहरुको राजनीतिमा अत्यन्तै न्यून स्थान रहेको छ । भने शेर्पा महिलाहरु सरकारी जागीरमा पनि अत्यन्तै न्यून रहेको भेला सोलुखुम्बु जिल्लाका दुर्गम गाउँ महाकुलुङ्ग -५ नुर्कुमका पेमा शेर्पा सरकारी जागिर छोडेर आगामी स्थानीय निकायको चुनावमा लाड्दै छन । २२ बार्षिय सुश्री पेमा शेर्पा आफ्नै गाउँका श्री घ्याङ्खर्क प्राथमिक बिधालयमा २ बर्ष देखी कार्यरत थिइन । उनले जनताको सेवा र समाजको बिकासका निम्ति बिधालयमा राजीनामा दिएर महाकुलुङ्ग गाउँपालिकाको वाड नं. -५ मा वाड महिला सदस्यमा टिकट पाएका छ । सरकारी जागीर भन्दा पनि राजनीतिमा सौखिन पेमा शेर्पा नेकपा एमालेबाट चुनाबी मैदानमा उत्रेका हुन । देशभरीका शेर्पा उम्मेदवारहरुको तुलनामा शेर्पा सबैभन्दा कान्छी उम्मेदवार पेमा शेर्पाले आफ्नो वाडमा आफुभन्दा सक्षम महिला अन्य पार्टीबाट उम्मेदवार नबनाएकोले आफ्नो उम्मेदवारी दिनुपरेको बताइन् । साथै आफुलाई अत्यधिक बहुमतले बिजयी गराउन सबैमा अग्रह गरिन ।