१६ जेठ, सोलुखुम्बु  – सोलुखुम्बु सदरमुकाम सल्लेरीमा फेरी मृत नवजात शिशु भेटिएको छ । प्लाष्टिकमा पोका पारी फालिएको अवस्थामा सल्लेरीको नयाँ बजार भिरमा शिशु भेटिएको प्रहरीले जनाएको छ ।

शारीरिक बनावट पूर्ण रुपमा विकास भई सकेको शिशु भिरमा कसले फाल्यो भन्ने बारेमा प्रहरी अनुसन्धान जारी रहेको छ । अवैध सम्बन्धवाट जन्मेको बच्चा हत्या गरी फालेको हुन सक्ने आशंका स्थानीयले गरेकाछन् ।
पोष्टमार्टमका लागि शिशुको शव सोलु अस्पताल फाप्लु लगिएको छ । पछिल्लो समय शिशु फाल्ने क्रम सदरमुकाम आसपासमा बढेको छ ।
यसरी फालिएको शबका बारेमा दोषी पत्ता लगाई कडा कारबाही नगरिएको कारण पनि घटना दिनादिन बढ्दै गएको अनुमान गरिएको छ । २०७२ साल मंसिरमा पनि दुई शिशुको शब नयाँ बजार आसपासमा नै भेटिएको थियो ।