शेर्पा प्रदेश संघर्ष समितिलाई बेवास्ता गरि यहि २०७४÷०१÷२३ गते शनिबार राष्ट्र जनता पार्टी लगाएतका दलहरुले आफु खुशी संघिय गठबन्धनको संयोजक परिवर्तन गर्ने एकल निर्णय प्रति शेर्पा प्रदेश संघर्ष समितिको गम्भिर ध्यानकर्षन भएको विज्ञप्तिबाट जनाकारी दिएको छ । यस्त एकल, असोभनिय र अबाञ्छित निर्णयलाई स्वीकार्ण नसक्ने र पछिल्लो समय सम्पूर्ण उत्पीडित वर्ग र समुदायको पहिचान र अधिकार सुनिश्चिता सहितको एकतालाई समेत तोडेको विज्ञाप्तिले जनाएको छ ।